Kathmandu Press

बारामा थप ५ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, जेठ १३ : बारामा थप ५ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौंमा गरिएको परीक्षणमा जुम्ला स्थाई ठ....

बारामा थप ५ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, जेठ १३ : बारामा थप ५ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौंमा गरिएको परीक्षणमा जुम्ला स्थाई ठेगाना भई बारामा कार्यरत दुई ३५ र ३६ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो। 

त्यस्तै बाराको पचौटा नगरपालिका १ मा पिपरपाती मावि क्वारेन्टाइनमा रहेका ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जसमध्ये १९, ३० र ३५ वर्षीय पुरुषमा संक्रमणको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता देवकोटाले जानकारी दिए।

प्रकाशित मिति: १७:१७ बजे, मंगलबार, जेठ १३, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्