सशस्त्र प्रहरी महानिरीक्षक पौडेललाई दर्ज्यानी चिन्ह
पौडेललाई वैशाख १४ गते बसेको मन्त्रिपरिषद् बैठकले सशस्त्र प्रहरी बलको १३औं आइजिपीमा नियुक्त गरेको थियो। यसअघिका आइजिपी राजु अर्याल वैशाख १८ गतेदेखि अवकाशमा गएका थिए।
काठमाडौं, वैशाख २१ : सशस्त्र प्रहरी बलका नवनियुक्त आइजिपी नारायणदत्त पौडेलले दर्ज्यानी चिह्न पाएका छन्।
सोमबार गृहसचिव राजकुमार श्रेष्ठले आइजिपी पौडेललाई दर्ज्यानी चिह्न प्रदान गरेका हुन्।
पौडेललाई वैशाख १४ गते बसेको मन्त्रिपरिषद् बैठकले सशस्त्र प्रहरी बलको १३औं आइजिपीमा नियुक्त गरेको थियो। यसअघिका आइजिपी राजु अर्याल वैशाख १८ गतेदेखि अवकाशमा गएका थिए।
उनले २०५४ सालमा प्रहरी निरीक्षकका रूपमा नेपाल प्रहरीबाट सेवा सुरु गरेका थिए र २०५८ सालमा सशस्त्र प्रहरी बलमा स्थानान्तरण भएका हुन्।
प्रकाशित मिति: १२:०६ बजे, सोमबार, वैशाख २१, २०८३
प्रतिक्रिया दिनुहोस्
थप समाचार