महाकालेश्वर मन्दिरमा ७० वर्ष सेवा गर्ने वरिष्ठ पूजारी त्रिवेदीलाई वर्ल्ड बुक अफ रेकर्डद्वार सम्मान
पछिल्लो चार, पाँच पुस्तादेखि उनको परिवारमा सबैले महाकालेश्वर मन्दिरमा पूजारी बनेरै जीवन समर्पण गरेको पूजारी त्रिवेदी सुनाउँछन् । ‘हजुरबुवा, जीजुहरुजुबुवाको भन्दा पनि पहिलेदेखि नै सबैले महाकालेश्वर मन्दिरमा पूजा गरेर जीवन समर्पण गर्नु भएको छ । त्यसैको अनुसरण मैले पनि गरेको हुँ ।’ उनले सुनाए ।
काठमाडौं, वैशाख २१ : बेलायतस्थित वर्ल्ड बुक अफ रेकर्डले भारतको मध्यप्रदेश राज्यको उज्वैनमा अवस्थित महाकालेश्वर मन्दिरका वरिष्ठ पूजारी रमणगुरु त्रिवेदीलाई सम्मान गरेको छ । महाकालेश्वरको मन्दिरमा विगत ७० वर्षदेखि निरन्तर पूजा गरेको र मन्दिरमा सेवा गरेको भएकाले वर्ल्ड बुक अफ रकर्डले पूजारी रमणगुरु त्रिवेदीलाई सम्मान गरेको हो । वर्ल्ड बुक अफ रेकर्डस् विभिन्न क्षेत्रमा विशिष्ट योगदान पुर्याउने व्यक्ति तथा संस्थाहरूलाई सम्मान गर्ने गर्दछ ।
पछिल्लो चार, पाँच पुस्तादेखि उनको परिवारमा सबैले महाकालेश्वर मन्दिरमा पूजारी बनेरै जीवन समर्पण गरेको पूजारी त्रिवेदी सुनाउँछन् । ‘हजुरबुवा, जीजुहरुजुबुवाको भन्दा पनि पहिलेदेखि नै सबैले महाकालेश्वर मन्दिरमा पूजा गरेर जीवन समर्पण गर्नु भएको छ । त्यसैको अनुसरण मैले पनि गरेको हुँ ।’ उनले सुनाए ।
सन् १९४७, १५ डिसेम्बरमा जन्मिएका त्रिवेदीले बुवाको मृत्यु पछि ९ वर्षको उमेरबाटै महाकालेश्वर मन्दिरमा पूजा गर्न सुरु गरेका हुन् । अहिले उनी ७९ वर्षका भए । उनको बुवाले पनि आफ्नो जीवन त्यही मन्दिरमा पूजा गरेर नै बिताएको उनी सम्झन्छन् । बुवाको मृत्यु पश्चात् बुवाकै ठाउँमा उनले पूजा गर्न थालेका हुन् र ‘मेरो बुवाले पनि यहि पूजा गरेर जीवन विताउँछु भयो । मलाई पनि उहाँले सधै मन्दिरमा जानू, पूजा गर्नु, जल चढाउनु भनेर सिकाउँनु भएको थियो । सधैँ यस्तै उपदेश दिनुहुन्थ्यो । त्यसले गर्दा मलाई पनि मन्दिरमा पूजा गर्ने रुची जाग्यो र बुवाको ठाउँमा मैले पूजा गर्न थाले । त्यसपछि अहिलेसम्म महाकालकै सेवामा जीवन समर्पण गरेको छु ।’ उनले बताए ।
उज्जैनमा क्षिप्रा नदीको तटमा निर्माण गरिएका यस मन्दिरलाई हिन्दूहरुले १२ ज्योतिर्लिङ्ग मध्ेको एक ज्योतिर्लिङ्गका रुपमा पूजा गर्ने गर्छन् । यसै विश्वासलाई मानेर देशका राष्ट्रपति, प्रधानमन्त्रीदेखि कलाकारसम्म सबै पूजा गर्न, दर्शन गर्न महाकालेश्वरम मन्दिर पुग्दछन् । उनले पछिल्ल ७० वर्षमा भारतमा जतिपनि राष्ट्रपति, प्रधानमन्त्री भए सबैलाई पूजा गराएको बताउँछन् । उनले भारतका चर्चित कलाकार अमिताव बच्चन, दिलीप कुमार, गोविन्दा, रामानन्द सागर, धर्मेन्दर, जिनेन्दर, राजेश खन्नालगायत विभिन्न व्यक्तित्वलाई पनि महाकालेश्वको दर्शन गराएको बताए ।
ब्राह्मण परिवारमा जन्मिएका उनी आफ्नो बाल्यकाल समान्य भएको बताउँछन् । उनका अनुसार बुवाले महाकालेश्वर मन्दिरमा पूजा गरेरै परिवार सम्माहालेका थिए । त्यसले गर्दा बाल्यकाल सामान्य नै भएको उनले बताए । आफू १० वर्षको हुँदा नै बुवाको मृत्यु भएपछि परिवारको जिम्मेवारी सम्हाल्दै उनले मन्दिरमा बुवाको स्थान लिएका हुन् । महाकालेश्वर मन्दिरमा पूजा गर्न थालेपछि जीवनमा परिवर्तन आएको उनी बताउँछन् । ‘ महाकालेश्वरको पूजा गर्न थालेपछि भगवान्ले मेरो हात छोड्नु भएन । उहाँको आशिर्वाद सधैँ मसँग भइरह्यो । जीवनबाट दुःख कष्ट पनि हराउँदै गयो । जीवन विस्तारै परिवर्तन भयो । त्यसपछि मैले महाकालको सेवा गर्न कहिल्यै छाडेन ।’ उनले आफ्नो अनुभव सुनाए ।
उनले सामान्यतया बिहानै ४ बजेदेखि नै महाकालेश्वरको पूजा गर्न सुरु गर्दछन् । बेलुका पनि सधै पूजा गर्ने गरेको नरहको उनी बताउँछन् । सामान्यतया दिनमा ८ देखि ९ घण्टा पूजा गर्छन् । ‘मेरो खाने र सुत्ने त्यस्तो पक्का समय छैन । कहिले तीन बजे बिहानै पनि पूजा गर्नु पर्छ । कहिले राति एक दुई बजेसम्म पूजा गर्नु पर्छ । मेरो जीवन महाकालको पूजा अर्चना गरेरै बित्छ । मलाई महाकालको सेबा गर्दा खुसी मिल्छ । महाकाले मेरो जीवनमा पनि परिवर्तन ल्याउनु भएको छ । त्यसैले मेरो जीवन महाकालकै सेवामा वितोस् भन्ने लाग्छ । महाकालको सेबा गर्दा मलाई भित्रबाटै आनन्द मिल्छ । सधैँ यसरी नै सेवा गर्न पाउँ ।’ उनले बताए ।
उनले आफ्नो पहलमा भारतबाहेक अन्य विभिन्न देशमा गरी ३५ भन्दा बढी महाकालको मन्दिर बनाएको बताउँछन् । उनका अनुसार विश्वका विभिन्न देशले उनलाई आफ्नो देश र पूजा गराउने गर्दछन् । यसै शिलशिलामा उनले विभिन्न देश घुमेका छन् र पूजा गरेका छन् । जसले गर्दा उनलाई विभिन्न देशमा विभिन्न पदवीबाट सम्मान पनि गरेको उनी बताउँछन् ।












