Kathmandu Press

प्रेस स्वतन्त्रता संकटमा, सरकारका निर्णयले मिडिया क्षेत्रमा चिन्ता बढायो : महासचिव दाहाल

उनले भने, ‘हामी प्रेस स्वतन्त्रताका हिसाबले एकदमै जटिल अवस्थामा छौं । किन भने प्रेस स्वतन्त्रताको उल्लंघनका घटनाहरु एकदमै धेरै बढेका छन् ।’ उनका अनुसार सन् २०२४ र २०२५ का तथ्यांकले प्रेसमाथि आक्रमण तथा हस्तक्षेपका घटनाहरू बढ्दो क्रममा रहेको देखाउँछ । त्यससँगै वर्तमान सरकारले मिडियामाथि आर्थिक नाकाबन्दी लगाएकाले सञ्चार माध्यमहरूको अस्तित्वनै संकट सिर्जना गरेको बताए ।
प्रेस स्वतन्त्रता संकटमा, सरकारका निर्णयले मिडिया क्षेत्रमा चिन्ता बढायो : महासचिव दाहाल

काठमाडौं, वैशाख २० : नेपाल पत्रकार महासङ्घका महासचिव रामप्रसाद दाहालले नेपालमा प्रेस स्वतन्त्रताको अवस्था जटिल बन्दै गएको बताएका छन् । नेपाल न्यूज उनले पछिल्ला वर्षहरूमा प्रेस स्वतन्त्रता उल्लंघनका घटनाहरू उल्लेखनीय रूपमा बढेको दाबी गरेका हुन् ।

उनले भने, ‘हामी प्रेस स्वतन्त्रताका हिसाबले एकदमै जटिल अवस्थामा छौं । किन भने प्रेस स्वतन्त्रताको उल्लंघनका घटनाहरु एकदमै धेरै बढेका छन् ।’ उनका अनुसार सन् २०२४ र २०२५ का तथ्यांकले प्रेसमाथि आक्रमण तथा हस्तक्षेपका घटनाहरू बढ्दो क्रममा रहेको देखाउँछ । त्यससँगै वर्तमान सरकारले मिडियामाथि आर्थिक नाकाबन्दी लगाएकाले सञ्चार माध्यमहरूको अस्तित्वनै संकट सिर्जना गरेको बताए ।

Hardik ivf

‘हामीले सन् २०२४ र ०२५ को तथ्यांक हेर्यौं भने प्रेस स्वतन्त्रताको घटनाहरु बढेको देखाउँछ । झन पछिल्लो सयम सरकारले मिडियामाथि आर्थिक नाकाबन्दी लगाएपछि अवस्था अझ जटिल बनेको छ,’ उनले भने ।

महासचिव दाहालले सरकारले सञ्चारसम्बन्धी कानुनहरू संशोधन तथा नयाँ कानुन ल्याउने तयारी गरिरहेको चर्चा भएपनि सरोकारवालासँग कुनै परामर्श नगरेको गुनासो गरे । उनले नेपाल पत्रकार महासङ्घलगायतका संस्थासँग छलफल नगरी निर्णय लिने प्रवृत्तिले परिस्थिति थप जटिल बनाएको बताए । उनले भने, ‘अब मिडियाहरु बन्द हुन्छन् कि, चल्छन् भन्ने जोखिम छ । श्रमजीवी पत्रकारहरु विस्थापित हुने खतरा छ । पेशाबाट पलायन हुने खतरा वा जोखिममा हामी छौं । सरकारले संविधान संशोधनदेखि विभिन्न कानुनहरु ल्याउने ल्याउनेक्रममा संचार सम्बद्ध कानुनहरु पनि ल्याउने तयारी गरेको छ भन्ने जानकारी पाएका छौं । तर पत्रकार महासंघ जस्ता स्टेकहोल्डरहरुसँग कुनै छलफल भएको छैन् । जसका कारण सरकारबाटै प्रेसमाथि जोखिम बढेको अवस्था छ ।’

चैत १८ गतेको सरकारी निर्णयअनुसार करिब ६ हजार ६०० मिडियामध्ये सीमित मिडियालाई मात्र सरकारी विज्ञापन दिने व्यवस्था गरिएको भन्दै उनले त्यसप्रति महासङ्घले असहमति जनाएको बताए । उनले पछिल्ला वर्ष भएका विभिन्न आन्दोलनका क्रममा पत्रकारमाथि आक्रमण, मिडिया हाउसमा तोडफोड तथा आगजनीका घटना भएको स्मरण गराउँदै प्रेस क्षेत्र सुरक्षित नभएको बताए । लोकतन्त्र सुदृढ बन्दै जाँदा प्रेस स्वतन्त्रता अझ सुरक्षित हुनुपर्नेमा वर्तमान अवस्था उल्टो रहेको उनको भनाइ छ ।

उनले भने, ‘०८२ सालकै घटनाहरु हेर्यौं भने संचारकर्मी सुरक्षित छैनन् भन्ने देखाउँछ । तीनकुनेको घटना एकदमै डरलाग्दो थियो । हाम्रा एकजना पत्रकार साथीको जलेर मृत्यु भयो । कतिपय साथीहरु घाइते हुनुभयो । त्यसपछि शिक्षक आन्दोलन भयो, त्यहाँ पनि प्रहरीले प्रहार गरेको फोहराबाट एकजना साथीको आँखा नै एकदम नाजुक स्थितिमा थियो । त्यसपछि जेनजी आन्दोलनको बेलामा नेपालका मिडिया हाउसहरु जलाउने, तोडफोड गर्ने, समाचार संकलनमा खटिएका पत्रकारहरुलाई आक्रमण गर्ने, गोली लाग्ने र राज्य पक्षबाट दमन व्यापक भयो । आन्दोलनकारीको तर्फबाट पनि मिडिया हाउस नै जलाउने, पत्रकारहरुलाई आक्रमण गर्नेक्रम भयो । यि सबै घट्नाहरु हेर्दा ०८२ साल नेपाली प्रेस वा मिडियाहरुका लागि सुखद रहेन् ।’

पूर्ववर्ती सरकारको पालामा पनि सञ्चार तथा सामाजिक सञ्जालसम्बन्धी विधेयकहरूमार्फत अभिव्यक्ति स्वतन्त्रता नियन्त्रण गर्ने प्रयास भएको आरोप उनले लगाए । यस्ता प्रावधानप्रति महासङ्घले निरन्तर विरोध गर्दै आएको उनले स्पष्ट पारे । महासचिव दाहालले पत्रकारहरूलाई आचारसंहिता र पत्रकारिताका सिद्धान्तभित्र रहेर काम गर्न आग्रह गर्दै महासङ्घले त्यसका लागि तालिम तथा सचेतना कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिए । प्रेस स्वतन्त्रता सुदृढ गर्न राज्य, मिडिया र पत्रकार सबै पक्ष जिम्मेवार हुनुपर्ने उनको जोड थियो ।

उनले भने, ‘पत्रकार आचार संहिता छ । त्यो पालनाका लागि विभिन्न हिसाबले प्रयासहरु गरिरहेका छौं । तालिमहरु दिने, झकझकाउने काम गरिरहेकाछौं । त्यसका अलावा पनि केहि त्रुटीहरु वा खराबीहरु भएका छन् । त्यसलाई एउटा विधिबाट समाधानको प्रयासमा छौं । आचारसंहिताको मापदण्ड भित्रै बसेर समाधान गर्ने वा सुधार गर्ने छौं ।’ विश्व प्रेस स्वतन्त्रता दिवसको सन्दर्भमा उनले सम्पूर्ण पत्रकारहरूलाई शुभकामना व्यक्त गर्दै स्वतन्त्र, निष्पक्ष र जिम्मेवार पत्रकारितालाई थप सुदृढ बनाउन सबैलाई आह्वान गरे ।

प्रकाशित मिति: १६:०६ बजे, आइतबार, वैशाख २०, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्