Kathmandu Press

कोरोनाको आशंकामा स्वास्थ्यमन्त्री होम क्वारेन्टाइनमा 

काठमाडौं, जेठ १३ : स्वास्थ्यमन्त्री भानुभक्त ढकाल कोरोना भाइरसको आशंकामा होम क्वारेन्टाइनमा बसेका छन्। 

ढकालले भेटेकी मनमोहन कार्डियो भ....

कोरोनाको आशंकामा स्वास्थ्यमन्त्री होम क्वारेन्टाइनमा 
फाइल फोटो

काठमाडौं, जेठ १३ : स्वास्थ्यमन्त्री भानुभक्त ढकाल कोरोना भाइरसको आशंकामा होम क्वारेन्टाइनमा बसेका छन्। 

ढकालले भेटेकी मनमोहन कार्डियो भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा उपचाररत एक महिलालाई कोरोना पुष्टि भएसँगै ढकाल होम क्वारेन्टाइनमा बसेका हुन्। ढकाल बिहीबारदेखि मन्त्रालयमा नआएको स्रोतले जनाएको छ।  

ती महिलाको शनिबार रिपोर्ट पोजेटिभ आएको थियो। मन्त्री ढकालको समेत मंगलबार स्वाब संकलन गरिएको छ। उनको मंगलबार साँझसम्म रिपोर्ट आउने बताइएको छ।

प्रकाशित मिति: १४:५९ बजे, मंगलबार, जेठ १३, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्