रोल्पा जीप दुर्घटना स् प्रचण्डद्वारा पीडित परिवारलाई सान्त्वना
उनले यो दुर्घटनाले समग्र देशलाई स्तब्ध बनाएको भन्दै गहिरो दुःख व्यक्त गरेका छन्।
काठमाडौं, वैशाख १९ : नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल (प्रचण्ड)ले रोल्पाको थवाङ–जलजला क्षेत्रमा भएको जीप दुर्घटनामा ज्यान गुमाएका नागरिकका परिवारजनलाई भेट्दै सान्त्वना व्यक्त गरेका छन्।
उक्त घटनापछि पार्टीका सबै कार्यक्रम स्थगित गरी प्रभावित परिवारलाई सान्त्वना दिने तथा शव परिवारलाई बुझाउने कामम सक्रिय भएका छन्। उनले यो दुर्घटनाले समग्र देशलाई स्तब्ध बनाएको भन्दै गहिरो दुःख व्यक्त गरेका छन्।
शुक्रबार दुर्घटनामा परेर मृत्यु भएका २० जनामध्ये हालसम्म आठ जनाको पोस्टमार्टम सम्पन्न भएको छ भने पाँच जनाको शव परिवारलाई बुझाइएको छ। अन्य मृतकहरूको पहिचान तथा आवश्यक प्रक्रिया जारी रहेको स्थानीय प्रशासनले जनाएको छ।
प्रकाशित मिति: १२:१४ बजे, शनिबार, वैशाख १९, २०८३
प्रतिक्रिया दिनुहोस्
थप समाचार












