Kathmandu Press

आजको मौसम : यी प्रदेशमा मध्यम वर्षाको सम्भावना

हाल कोशी, मधेश र बागमती प्रदेशमा पूर्णतया बादल तथा गण्डकी प्रदेश लगायत लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशको हिमाली र पहाडी भूभागमा साधारणतया बादल लागेको छ र बाँकी भूभागमा आंशिक बादल लागेको छ। 
आजको मौसम : यी प्रदेशमा मध्यम वर्षाको सम्भावना

काठमाडौं, वैशाख १९ : हाल नेपालमा पश्चिमी र स्थानीय वायूको साथै नेपालको पूर्वी भूभाग नजिक तल्लो वायूमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ।

हाल कोशी, मधेश र बागमती प्रदेशमा पूर्णतया बादल तथा गण्डकी प्रदेश लगायत लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशको हिमाली र पहाडी भूभागमा साधारणतया बादल लागेको छ र बाँकी भूभागमा आंशिक बादल लागेको छ। 

Hardik ivf

कोशी र बागमती प्रदेशका केही स्थानहरू तथा मधेश, गण्डकी र कर्णाली प्रदेशको थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित मध्यम सम्मको वर्षा भइरहेको छ।

आज दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायत कर्णाली र सुदुरपश्चिम प्रदेशको पहाडी र हिमाली भूभागमा साधारणतया बादल लाग्ने तथा सुदुरपश्चिम प्रदेशको तराई भूभागमा आंशिक बादल लाग्नेछ। 

कोशी, बागमती, गण्डकी प्रदेश लगायत देशको हिमाली र पहाडी भूभागका केही स्थानहरूमा तथा मधेश प्रदेश लगायत लुम्बिनी र सुदुरपश्चिम प्रदेशको तराई भूभागको थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्ग हावाहुरी, असिनासहित मध्यम सम्मको वर्षा र हिमपातको सम्भावना रहेको छ।

आज राती कोशी, मधेश, बागमती र गण्डकी प्रदेश लगायत देशको हिमाली र पहाडी भूभागमा साधारणतया बादल बादल लाग्ने र तराई भूभागमा आंशिक बादल लाग्नेछ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशको केही स्थानहरूमा तथा लुम्बिनी र कर्णाली प्रदेशको पहाडी र हिमाली भुभागका थोरै स्थानहरुमा र बाँकी भूभागको एकरदुई स्थानमा मेघगर्जन र चट्याङ्ग हावाहुरी, असिना सहित मध्यम सम्मको वर्षारहिमपातको सम्भावना रहेको छ।

प्रकाशित मिति: ०८:१२ बजे, शनिबार, वैशाख १९, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्