Kathmandu Press

सुकुम्बासीको पक्षमा घोषणा गरिएको आमहड्तालमा नेकपा (मालेमा)को ऐक्यबद्धता

१३७ औँ अन्तर्राष्ट्रिय मजदुर दिवसको सन्दर्भमा आयोजना गरिएको कार्यक्रममा संघर्षले सुकुम्बासी बस्तीमा भएको अमानविय हर्कत भएको बताएका छन्। 
सुकुम्बासीको पक्षमा घोषणा गरिएको आमहड्तालमा नेकपा (मालेमा)को ऐक्यबद्धता

काठमाडौं, वैशाख १८ : संघर्ष नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (मालेमा)ले सुकुम्बासीको पक्षमा घोषणा गरिएको आम हड्तालमा आफ्नो पार्टीको ऐक्यबद्धता रहेको जनाएका छन्।

शक्रबार काठमाडौंको संवाद डबलीमा पत्रकार सम्मेलनको आयोजना गरी सरकारले डोजर अभियान नरोके सशक्तरुपमा अगाडि बढ्ने चेतावनीसमेत दिएका छन्।

१३७ औँ अन्तर्राष्ट्रिय मजदुर दिवसको सन्दर्भमा आयोजना गरिएको कार्यक्रममा संघर्षले सुकुम्बासी बस्तीमा भएको अमानविय हर्कत भएको बताएका छन्। 

‘सार्वजनिक जग्गा अतिक्रमणको नाममा सुकुम्बासीहरूको घर भत्काउने, बिचल्लि बनाउने र उनीहरूलाई घरको न घाटको बनाउने कार्यलाई हाम्रो पार्टी घोरभत्र्सना गर्दछ,’संघर्षले भने।

सुकुम्बासी समस्या समाधान गर्न सुकुम्बासीहरूको प्रतिनिधि समेत समावेश भएको उच्चस्तरीय आयोग गठन गर्न माग समेत गरेका छन्। सुकुम्बासीहरूलाई तत्काल गाँस, बास र कपासको व्यवस्था र स्थायी व्यवस्थापन नगरिए आफूहरुले कडा आन्दोलन गर्ने उनले चेतावनी दिएका छन्।

‘हालै अखिल नेपाल सुकुम्बासी संघद्वारा गरिएको अमहड्तलमा हाम्रो पनि प्रत्यक्ष सहभागिता रहने छ,’ संघर्षले भने।

विद्यार्थी एवं कर्मचारीको संगठनिक अधिकार र सार्वजनिक क्षेत्रको ट्रेडयुनियन अधिकार खोस्ने निर्णय फिर्ता लिनुपर्नेमा उनले जोड दिएका छन्।

प्रकाशित मिति: १६:३१ बजे, शुक्रबार, वैशाख १८, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्