Kathmandu Press

लामिनारको ‘जर्मसेफ’ एन्टिब्याक्टेरियल टायल नेपाल मेडिकल शोमा सार्वजनिक

अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रयोगशाला (आईएसओ/आईईसि १७०२५) को कार्यक्षेत्रभित्र गरिएको यस परीक्षणले यसको उच्च एन्टिब्याक्टेरियल कार्यक्षमता पुष्टि गरेको छ।
लामिनारको ‘जर्मसेफ’ एन्टिब्याक्टेरियल टायल नेपाल मेडिकल शोमा सार्वजनिक

काठमाडौं, वैशाख १८ : नेपालमा पूर्ण भिट्रिफाइड टायल उत्पादन गर्ने अग्रणी कम्पनी लामिनारले आफ्नो नयाँ उत्पादन एन्टिब्याक्टेरियल टायल शृङ्खला ‘जर्मसेफ’(GermSafe®) सार्वजनिक गरेको छ।

भृकुटीमण्डपमा आयोजित ‘नेपाल मेडिकल शो २०२६’ को अवसरमा यो नयाँ प्रविधिको टायल सार्वजनिक गरिएको हो।कम्पनीका अनुसार जर्मसेफ को प्रभावकारिता एनएबिएल मान्यता प्राप्त प्रयोगशाला इन्टरटेक इन्डियाद्वारा आई एस ओ २२१९६ (जेआईएस जेड २८०१)  मापदण्डअनुसार स्वतन्त्र रूपमा परीक्षण गरिएको छ। परीक्षणमा ३.५८ को ‘आर भ्यालु’ प्राप्त भएको छ, जसले अर्थ २४ घण्टाभित्र ब्याक्टेरियाको चाप ९९.९% भन्दा बढीले घट्ने देखाउँछ।

Hardik ivf

अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रयोगशाला (आईएसओ/आईईसि १७०२५) को कार्यक्षेत्रभित्र गरिएको यस परीक्षणले यसको उच्च एन्टिब्याक्टेरियल कार्यक्षमता पुष्टि गरेको छ।

जर्मसेफ टायल नेपाल गुणस्तर एनएस ६१७ अन्तर्गत ग्रुप बी एलए (पूर्ण भिट्रिफाइड वर्ग) मा उत्पादन गरिएको हो, जसको जलअवशोषण ०.०८% वा सोभन्दा कम रहेको छ।

यस प्रकारको घना र छिद्रमुक्त बनावटले सूक्ष्मजीवहरूलाई फैलिन र टिक्न संरचनागत रूपमा सीमित गर्छ। कम्पनीका अनुसार जर्मसेफमा प्रयोग गरिएको एन्टिब्याक्टेरियल तत्व उत्पादन प्रक्रियाकै क्रममा टायलको ग्लेजमा फायर गरिएको हुन्छ। सतहमाथि मात्र लगाइने कोटिङ वा फिल्म समयसँगै कमजोर हुने सम्भावनाको विपरीत, यस्तो विधि अपनाइँदा सतहको कार्यसम्पादन दीर्घकालसम्म प्रभावकारी रहने कम्पनीको दाबी छ।

यो शृङ्खला ग्लेज्ड भिट्रिफाइड टायल (म्याट र ग्लोसी) तथा फुल-बडी होमोजिनियस स्वरूपमा उपलब्ध छ। विशेषगरी अस्पताल, क्लिनिक, प्याथोलोजी प्रयोगशाला, व्यावसायिक भान्सा, होटललगायत उच्च स्वच्छता आवश्यक पर्ने क्षेत्रहरूका साथै आवासीय प्रयोगमा पनि यसको उपयोगिता रहने कम्पनीले जनाएको छ।

लामिनारका प्रबन्ध निर्देशक आशुतोष खेतानले भने, “जर्मसेफ मार्फत हामी नेपालमै उत्पादन भएको, अन्तर्राष्ट्रिय रूपमा मान्य मापदण्डअनुसार परीक्षण गरिएको भरपर्दो एन्टिब्याक्टेरियल सतह समाधानमध्ये एक प्रस्तुत गर्न पाउँदा गर्व महसुस गरिरहेका छौं। यो पहलले नेपाली निर्माण क्षेत्रमा विश्वस्तरका कार्यसम्पादन मापदण्ड स्थापित गर्ने हाम्रो प्रतिबद्धतालाई पुनः पुष्टि गर्छ।”

जर्मसेफ टायल स्पेसिफिकेशन तथा परियोजना प्रयोजनका लागि तत्काल उपलब्ध रहेको कम्पनीले जनाएको छ। नेपाल मेडिकल शो अवधिभर ल्यामिनारको प्राविधिक टोली स्टलमै उपस्थित रहने र स्वास्थ्य क्षेत्रका पेशाकर्मी, परियोजना परामर्शदाता तथा संस्थागत खरिदकर्तालाई आवश्यक प्राविधिक जानकारी उपलब्ध गराउने बताइएको छ।
 

प्रकाशित मिति: ०७:२८ बजे, शुक्रबार, वैशाख १८, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्