Kathmandu Press

पेट्रोल डिजलको मूल्य घट्यो, ग्यासको बढ्यो 

निगमले शुक्रबार बिहान १२ बजेदेखि लागु हुने गरी पेट्रोलमा २ रुपैयाँ र डिजेल मट्टितेलमा १२ रुपैयाँले घटाएको हो । मूल्य समायोजनसँगै निगमले हवाई इन्धन र खाना पकाउने एलपी ग्यासको मूल्य भने बढाएको छ ।
पेट्रोल डिजलको मूल्य घट्यो, ग्यासको बढ्यो 
Hardik ivf

काठमाडौँ, वैशाख १८ : नेपाल आयल निगमले पेट्रोल डिजलको मूल्य घटाएको छ । निगमले शुक्रबार बिहान १२ बजेदेखि लागु हुने गरी पेट्रोलमा २ रुपैयाँ र डिजेल मट्टितेलमा १२ रुपैयाँले घटाएको हो ।

मूल्य समायोजनसँगै निगमले हवाई इन्धन र खाना पकाउने एलपी ग्यासको मूल्य भने बढाएको छ । हवाई इन्धन (आन्तरिक) तर्फ प्रति लिटर ७ रुपैयाँले वृद्धि हुँदा अन्तर्राष्ट्रियतर्फ काठमाडौँको लागि प्रति किलोलिटर अमेरिकि डलर ४६ बढाइएको छ भने एल।पी। ग्यासमा प्रति सिलिन्डर १५० रुपैयाँले बढेको छ । 

समायोजन पछि अब पुरा सिलिन्डर खाना पकाउने ग्यासको मूल्य २१६० रुपैयाँ पुगेको छ ।

प्रकाशित मिति: ०६:४१ बजे, शुक्रबार, वैशाख १८, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्