स्याङ्जाका दुई पुरुषमा कोरोना संक्रमण
काठमाडौं, जेठ १३ : स्याङ्जाको वालिङस्थित क्वारेन्टाइनमा बसेका दुई पुरुषमा कोरोना संक्रमण भएको पाइएको छ। भारतबाट आएर क्वारेन्टाइनमा बसेका दुई जनाम....

काठमाडौं, जेठ १३ : स्याङ्जाको वालिङस्थित क्वारेन्टाइनमा बसेका दुई पुरुषमा कोरोना संक्रमण भएको पाइएको छ। भारतबाट आएर क्वारेन्टाइनमा बसेका दुई जनामा कोरोना संक्रमण पोजेटिभ देखिएको हो।
स्याङ्जा जिल्ला प्रशासन कार्यालयका प्रवत्ता ध्रुव गिरीका अनुसार उनीहरुको पीसीआर रिपोर्ट पोजेटिभ देखिएपछि आइसोलेसन वार्डमा राखिएको छ।
हालसम्म स्याङ्जाका १७० जनाको स्वाब परीक्षण भएको छ। जसमध्ये दुई जनाको रिपोर्ट पोजेटिभ देखिएको हो।
प्रकाशित मिति: १४:४९ बजे, मंगलबार, जेठ १३, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











