आर्थिक सर्वेक्षण : आर्थिक वृद्धीदर २.३ प्रतिशत हुने, गरिबी १६.६ प्रतिशतमा झरेको दाबी
काठमाडौं, जेठ १३ : सरकारले चालु आर्थिक वर्षमा नेपालको आर्थिक बृद्धिदर २ दशमलब ३ प्रतिशत हुने जनाएको छ। सोमबारको प्रतिनिधीसभा बैठकमा अर्थमन्त्री ड....

काठमाडौं, जेठ १३ : सरकारले चालु आर्थिक वर्षमा नेपालको आर्थिक बृद्धिदर २ दशमलब ३ प्रतिशत हुने जनाएको छ। सोमबारको प्रतिनिधीसभा बैठकमा अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक सर्वेक्षण पेश गर्दै चालु आर्थिक वर्षमा नेपालको बृद्धिदर २ दशमलब ३ प्रतिशत हुने प्रक्षेपण गरेका हुन्।
खतिवडाले चालू आर्थिक वर्षमा नेपालीहरुको प्रतिव्यक्ति आम्दानी औसतमा १ लाख २६ हजार १८ रुपैयाँ पुगेको बताए। यस्तै चालू आर्थिक वर्षमा नेपालमा गरिबीको रेखामुनि रहेको जनसंख्या १६ दशमलब ६ प्रतिशतमा झरेको उनको दाबी छ।
प्रकाशित मिति: १४:४२ बजे, मंगलबार, जेठ १३, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार










-1754206481.jpg)
