Kathmandu Press

रुकुमपश्चिमको घटनामा वडाध्यक्षलाई छोडिएको सूचना आएको छैन : गृहमन्त्री  

काठमाडौं, जेठ १३ : गृहमन्त्री रामबहादुर थापा 'बादल'ले रुकुमपश्चिम हत्याकाण्डमा हिरासतमा रहेका वडाध्यक्षलाई छोडिएको सूचना गृहमन्त्रालले नपाइसके....

रुकुमपश्चिमको घटनामा वडाध्यक्षलाई छोडिएको सूचना आएको छैन : गृहमन्त्री  
फाइल फोटो

काठमाडौं, जेठ १३ : गृहमन्त्री रामबहादुर थापा 'बादल'ले रुकुमपश्चिम हत्याकाण्डमा हिरासतमा रहेका वडाध्यक्षलाई छोडिएको सूचना गृहमन्त्रालले नपाइसकेको बताएका छन्। मंगलबारको प्रतिनिधीसभा बैठकमा सांसदहरुले वडाध्यक्षलाई छोडिएको भन्दै राखेको प्रश्नको जवाफ दिँदै गृहमन्त्रीले अहिलेसम्म वडाध्यक्षसहित १२ जना हिरासतमा रहेको र कसैलाई छोडिएको जानकारी नआएको बताए।

‘वडाध्यक्षलाई छोडिएको छ भन्ने सूचना माननीयज्यूहरुले राख्नुभयो। गृहमन्त्रालयलाई त्यो सूचना आइपुगेको छैन। वडाध्यक्षसहित १२ जना हिरासतमा राखिएको छ,’ थापाले भने, ‘छानबिन निश्पक्ष होस् भन्ने कुरा आएको छ। गृहमन्त्रालयले गठन गरेको छानबिन समिति घटनालाई ढाकछोप गर्न बनाइएको भनेर आशंक व्यक्त भएका छन्। संसदीय छानबिन समिति बनाउन माग भएको छ। तर, त्यो हाम्रो क्षेत्राधिकार पर्दैन। संसदले नै बनाउने हो।’

उनले मन्त्रालयले गठन गरेको छानबिन समितिलाई २ हप्ता भित्र प्रतिवेदन पेश गर्न निर्देशन दिएको र कडा भन्दा कडा कारवाही होस् भन्नेमा स्पष्ट रहेको बताए। ‘प्रतिवदेन आएपछि क्षेतिपूर्तीका बारेमा राज्यले सोच्नेछ। घटनालाई राजनीतिकरण गर्दा छानबिनमा बाधा पुराउँछ। राज्यको तर्फबाट राजनीतिकरण हुने छैन,’ उनले भने, ‘दोषिमाथि कारवाही गर्ने प्रतिवद्धता दोहोराउन चाहान्छु।’

प्रकाशित मिति: १४:२५ बजे, मंगलबार, जेठ १३, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्