Kathmandu Press

आङ्देम्बेलाई संसदीय दलको नेता बनाउने कांग्रेसको निर्णय

सो निर्णयलाई अब बस्ने संसदीय दलको बैठकबाट अनुमोदन गर्ने तयारी छ। आङ्देम्बे कांग्रेसको समानुपातिक सांसद हुन्।
आङ्देम्बेलाई संसदीय दलको नेता बनाउने कांग्रेसको निर्णय

काठमाडौं, वैशाख १४ : नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले संसदीय दलको नेता भीष्मराज आङ्देम्बेलाई बनाउने निर्णय गरेको छ। 

सो निर्णयलाई अब बस्ने संसदीय दलको बैठकबाट अनुमोदन गर्ने तयारी छ। आङ्देम्बे कांग्रेसको समानुपातिक सांसद हुन्।

Hardik ivf

सुरुमा कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे, अर्जुननरसिंह केसी र मोहन आचार्य प्रमुख दाबेदार थिए। 

उनी पार्टीको १४ औं महाधिवेशनमा देउवा पक्षबाट सहमहामन्त्री निर्वाचित भएका थिए। तर, गगन थापालाई सभापति चयन गरेको विशेष महाधिवेशनमा भने उनी सहभागी भएका थिएनन्।

प्रकाशित मिति: १४:०८ बजे, सोमबार, वैशाख १४, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्