Kathmandu Press

सरकारले विकासका नाममा प्राकृतिक सम्पदा र स्थानीय बस्तीमाथि विभेदपूर्ण व्यवहार गरिरहेको हर्क राइको आरोप

‘सुकुमबासी बस्तीको पछि लागेको सरकारले मुकुम्लुङमा कन्चन्जङ्गा आरक्षण क्षेत्र नै मासेर गुराँसघारी उडाएर केवलकार थाप्न खोज्ने व्यपारीलाई चाहिँ माया गर्छ हो ?,’ उनले लेखेका छन्।
सरकारले विकासका नाममा प्राकृतिक सम्पदा र स्थानीय बस्तीमाथि विभेदपूर्ण व्यवहार गरिरहेको हर्क राइको आरोप

काठमाडौं, वैशाख १४ : श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (साम्पाङ) ले सरकारले विकासका नाममा प्राकृतिक सम्पदा र स्थानीय बस्तीमाथि विभेदपूर्ण व्यवहार गरिरहेको आरोप लगाएका छन्।

आज सामाजिक संजालमार्फत उनले सरकार मुकुम्लुङ क्षेत्रमा प्रस्तावित केवलकार परियोजनामा भने उदार देखिएको टिप्पणी गरेका हुन्।

Hardik ivf

‘सुकुमबासी बस्तीको पछि लागेको सरकारले मुकुम्लुङमा कन्चन्जङ्गा आरक्षण क्षेत्र नै मासेर गुराँसघारी उडाएर केवलकार थाप्न खोज्ने व्यपारीलाई चाहिँ माया गर्छ हो ?,’ उनले लेखेका छन्।

उनले आज अरूको घरमा डोजर पुग्दा समर्थन गर्नेहरूकै घरमा भोलि डोजर चल्लन सक्ने बताए।

‘मलाई गाली गर्नेहरुकै घरमा कुनै दिन डोजर आइपुग्यो भने चाहिँ के भन्दा हुन् मलाई! अरुलाई खाने बाघले आफुलाई पनि खान्छ है,’ उनले लेखेका छन्।

प्रकाशित मिति: १२:०५ बजे, सोमबार, वैशाख १४, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्