Kathmandu Press

गैरीगाउँको सुकुम्बासी बस्तीको पक्की घरमा डोजर चलाइयो

गत शनिबार दिउँसो काठमाडौं महानगरपालिकाले गैरीगाउँको सुकुम्बासी बस्तीका टहरा भत्काउन डोजर चलाएको थियो भने पक्की घरहरू बाँकी राखेको थियो।
गैरीगाउँको सुकुम्बासी बस्तीको पक्की घरमा डोजर चलाइयो

काठमाडौं, वैशाख १४ : सरकारले काठमाडौंको तीनकुनेस्थित गैरीगाउँको सुकुम्बासी बस्तीका पक्की घरहरुमा डोजर चलाएको छ।

गत शनिबार दिउँसो काठमाडौं महानगरपालिकाले गैरीगाउँको सुकुम्बासी बस्तीका टहरा भत्काउन डोजर चलाएको थियो भने पक्की घरहरू बाँकी राखेको थियो। सोमबार बाँकी रहेको उक्त पक्की घरहरु डोजरको प्रयोगगरी भत्काइएको हो।

शनिबार नै थापाथलीस्थित सुकुमबासी बस्तीमा डोजर लगाएको थियो भने मनोहरास्थित सुकुम्बासी बस्ती पनि खाली गराएको थियो।

photo-13_0cc9e351-1777265895.jpg

photo-14_871e08ca-1777265895.jpg

photo-12_a6650ce1-1777265893.jpg

प्रकाशित मिति: १०:४३ बजे, सोमबार, वैशाख १४, २०८३