नेकपा संयोजन समितिको बैठक बस्दै
बैठकमा संयोजक पुष्पकमल दाहाल र सह(संयोजक माधव कुमार नेपालले तयार पारेको विशेष निर्णय प्रस्ताव पेस हुने कार्यक्रम रहेको छ।
काठमाडौं, वैशाख १४ : नेपाली कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय संयोजन समितिको बैठक आज बस्ने भएको छ।
बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने भएको हो । बैठकमा संयोजक पुष्पकमल दाहाल र सह(संयोजक माधव कुमार नेपालले तयार पारेको विशेष निर्णय प्रस्ताव पेस हुने कार्यक्रम रहेको छ।
यस्तै, बैठकले नेताहरूको कार्य विभाजन, विभागीय जिम्मेवारी तथा सचिवालयका विषयमा छलफल हुनेछ।
प्रकाशित मिति: १०:४० बजे, सोमबार, वैशाख १४, २०८३
प्रतिक्रिया दिनुहोस्
थप समाचार












