कक्षा १२ को परीक्षा आजदेखि, ४ लाखभन्दा बढी विद्यार्थी सहभागी
आज (सोमबार) देखि ७७ वटै जिल्लामा सञ्चालन हुने कक्षा १२ को परीक्षामा ४ लाख १८ हजार ८ जना परीक्षार्थी सहभागी हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।
काठमाडौ, वैशाख १४ : आजबाट देशभर एकै साथ कक्षा १२ को परीक्षा सुरु हुने भएको छ ।
आज (सोमबार) देखि ७७ वटै जिल्लामा सञ्चालन हुने कक्षा १२ को परीक्षामा ४ लाख १८ हजार ८ जना परीक्षार्थी सहभागी हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।
यसवर्ष नियमिततर्फ ३ लाख ३२ हजार १७८ र आंशिकतर्फ ८५ हजार ८३० जना विद्यार्थी सहभागी हुने बोर्डले जनाएको छ ।
२०७९ यताका विद्यार्थी आंशिक परीक्षामा सहभागी हुनेछन् ।
प्रकाशित मिति: ०८:०९ बजे, सोमबार, वैशाख १४, २०८३
प्रतिक्रिया दिनुहोस्
थप समाचार