कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
बैठकमा पार्टी सभापति गगन थापाले संसदीय दलको नेताका लागि सहमतिको प्रस्ताव पेस गर्ने र सहमतिको आधारमा नेताको नाम टुङ्ग्याउने तयारी भएको छ ।
काठमाडौं, वैशाख १४ : नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाएको छ । बैठक आज बिहान ११ बजे बस्ने गरी बोलाएको हो ।
बैठकमा पार्टी सभापति गगन थापाले संसदीय दलको नेताका लागि सहमतिको प्रस्ताव पेस गर्ने र सहमतिको आधारमा नेताको नाम टुङ्ग्याउने तयारी भएको छ ।
कार्यसम्पादन समितिको बैठक लगत्तै भोलि नै दिउँसो १ बजे संसदीय दलको बैठक पनि बोलाएको छ ।
प्रकाशित मिति: ०७:४८ बजे, सोमबार, वैशाख १४, २०८३
प्रतिक्रिया दिनुहोस्
थप समाचार