Kathmandu Press

संघीयता कार्यान्वयन र संवाद आवश्यकताबारे जोड

उनले संविधानको मूल मर्मअनुसार आवश्यक कानुन निर्माण हुन नसकेको उल्लेख गरे। उनले संघीयताका कमजोरी सुधार्न संघीय सरकार र संसदले तत्काल ध्यान दिनुपर्नेमा जोड दिए।
संघीयता कार्यान्वयन र संवाद आवश्यकताबारे जोड

काठमाडौं, वैशाख १३ : नेपाली कम्युनिष्ट पार्टीका नेता माधव सापकोटाले संघीयताको कार्यान्वयनप्रति गम्भीर समीक्षा आवश्यक रहेको बताएका छन्।

न्यूज एक्सप्रेस मिडियाले आयोजना गरेको ‘संवाद एक्सप्रेस’ कार्यक्रममा बोल्दै सापकोटाले संघीयताको समीक्षा गर्दा संघीय संसद र संघीय सरकारले बढी जिम्मेवारी लिनुपर्ने बताए।

Hardik ivf

उनले संविधानको मूल मर्मअनुसार आवश्यक कानुन निर्माण हुन नसकेको उल्लेख गरे। उनले संघीयताका कमजोरी सुधार्न संघीय सरकार र संसदले तत्काल ध्यान दिनुपर्नेमा जोड दिए।

‘तीनै तहको सरकारको कुरा गर्दा सबैभन्दा पहिला संघीयताको समिक्षा गर्दा संसदले र संघीय सरकारले ज्यादा समिक्षा गर्नुपर्दछ। संविधानको आधारमा बन्नुपर्ने कानुनमध्ये एक तिहाइ पनि बनेका छैनन् । संघीयता अहिले डोरी बाँधेर खुट्टामा अल्झाउने र नदौड भन्न डण्डी हान्ने जस्तो भएको छ,’ उनले भने।
 
प्रकाशित मिति: १६:०७ बजे, आइतबार, वैशाख १३, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्