Kathmandu Press

मनोहरा सुकुम्बासी बस्तीमा चल्यो डोजर

सरकारले भक्तपुरको मनोहरा खोला किनारमा बनाइएको अनधिकृत संरचनामाथि आइतबार बिहान डोजार चालाएको हो।
मनोहरा सुकुम्बासी बस्तीमा चल्यो डोजर

काठमाडौं, वैशाख १३ : सरकारले भक्तपुरको मनोहरा खोला किनारस्थित सुकुम्वासी बस्ती डोजर चलाएको छ।

सरकारले भक्तपुरको मनोहरा खोला किनारमा बनाइएको अनधिकृत संरचनामाथि आइतबार बिहान डोजार चालाएको हो। काठमाडौं महानगरपालिकाको डोजरसहितको टोलीले घरटहरा भत्काउन सुरु गरेको हो।

Hardik ivf

शनिबार साँझ नै भत्काउन थालेको बस्ती स्थानीयको अवरोधका कारण रोकिएका थियो। आज थप सुरक्षा सतर्कतासहित घरटहराहरु भत्काउन थालिएको हो।

सरकाले शनिबार काठमाडौं महानगरपालिकाको थापाथली, गैरीगाउँ र शान्तिनगरका नदी किनार तथा जोखिमपूर्ण सार्वजनिक र सरकारी जग्गामा बनाइएका संरचना भत्काएको थियो।

photo-21_8f3ae4cf-1777186390.jpg

photo-19_4d83edfe-1777186383.jpg

photo-17_52ee07c7-1777186383.jpg

photo-9_87e18cbf-1777186381.jpg

प्रकाशित मिति: १२:३९ बजे, आइतबार, वैशाख १३, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्