Kathmandu Press

रुकुमपश्चिम हत्याबारे छानबिन गर्न समिति बनाइएको छ, दोषिमाथि कारवाही हुन्छ : गृहमन्त्री

काठमाडौं, जेठ १३ : रुकुमपश्चिम हत्या प्रकरणको छानबिन गर्न सरकारले गृहमन्त्रालयका सहसचिवको नेतृत्वमा पाँच सदस्यीय छानबनि समिति गठन गरेको छ।

म....

रुकुमपश्चिम हत्याबारे छानबिन गर्न समिति बनाइएको छ, दोषिमाथि कारवाही हुन्छ : गृहमन्त्री
फाइल फोटो

काठमाडौं, जेठ १३ : रुकुमपश्चिम हत्या प्रकरणको छानबिन गर्न सरकारले गृहमन्त्रालयका सहसचिवको नेतृत्वमा पाँच सदस्यीय छानबनि समिति गठन गरेको छ।

मंगलबार प्रतिनिधीसभाको बैठकमा बोल्दै गृहमन्त्री रामबहादुर थापा बादलले घटनाको निश्पक्ष छानबिन गर्न समिति बनाएको जानकारी दिएका हुन्। उनले उक्त घटनाको निश्पक्ष छानबिन गरेर सत्यतथ्य बाहिर ल्याइने थापाले बताए। ‘यस घटनाको छानबिन गरी रायसहितको प्रतिवेदन गर्नका लागि मन्त्रालयका सह–सचिवको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरिएको छ। यथाशिघ्र सत्यतथ्य छानबिन गरी रायसहितको प्रतिवेदन समितिले ल्याउने नै छ,’ उनले भने, ‘यो दुःखद घटनाले स्तब्ध तुल्याएको छ। दोषिलाई कारवाहीको गठघरामा ल्याउने प्रतिबद्धता गर्दछु।’

उनले अहिलेसम्म तीन जनाको शव फेला परेको र बेपत्ता तीन जनाको खोजी गर्न गोताखोर परिचालन गरिएको बताए। यस्तै घटनाका बारेमा अनुसन्धान गर्न गाउँका युवती, युवतीका बुवा - आमा वडाध्यक्षसहित १२ जनालाई नियन्त्रणमा लिइएको गृहमन्त्री थापाले बताए।  

जेठ १० गते रुकुमपश्चिम चौरहारीकी सुस्मा मल्ललाई भगाउन जाजरकोट भेरी नगरपालिकका नवराज विकसहितको टोली गएको थियो। तर, झडपका क्रममा नवराज विकसहित तीन जनाको हत्या भएको छ। हालसम्म तीन जनाको शव फेला परेको छ भने तीन जना बेपत्ता रहेका छन्।

प्रकाशित मिति: १३:४८ बजे, मंगलबार, जेठ १३, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्