सीआईबीले गर्यो भ्रामक सूचनाको खण्डन, सचेत रहन आग्रह
ब्युरोका अनुसार ‘गृह मन्त्रीको नबिल बैंक डिटेल सीआईबी प्रमुखले मिडियामा दिएको प्रमाण आयो’ भन्ने आशयका आधारहीन सामग्री विभिन्न सामाजिक सञ्जालमा पोस्ट तथा शेयर भइरहेको पाइएको र यस्ता सूचनाले गलत सन्देश फैलाउने भएकाले सर्वसाधारणलाई सचेत रहन आग्रह गरिएको हो ।
काठमाडौं, वैशाख १३ : नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी) ले सामाजिक सञ्जालमा फैलाइएको भ्रामक सूचनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
ब्युरोका अनुसार ‘गृह मन्त्रीको नबिल बैंक डिटेल सीआईबी प्रमुखले मिडियामा दिएको प्रमाण आयो’ भन्ने आशयका आधारहीन सामग्री विभिन्न सामाजिक सञ्जालमा पोस्ट तथा शेयर भइरहेको पाइएको र यस्ता सूचनाले गलत सन्देश फैलाउने भएकाले सर्वसाधारणलाई सचेत रहन आग्रह गरिएको हो ।
हालसम्म पूर्व गृहमन्त्री सुधन गुरुङको कुनै पनि बैंक विवरण माग नगरिएको तथा उक्त विषय ब्युरोको वर्तमान अनुसन्धानसँग सम्बन्धित नभएको पनि सीआईबीले स्पष्ट पारेको छ ।
ब्युरोले यस्ता भ्रामक तथा आधारहीन सूचना पोस्ट वा शेयर नगर्न अनुरोध गर्दै कसैले गैरकानूनी गतिविधि गरेको पाइएमा विद्युतीय कारोबार ऐन, २०६३ अनुसार कारबाही गर्ने चेतावनी दिएको छ ।

प्रकाशित मिति: ०८:४१ बजे, आइतबार, वैशाख १३, २०८३
प्रतिक्रिया दिनुहोस्
थप समाचार