Kathmandu Press

‘व्यवसायीले गाडी चढ्दा प्रश्न उठ्छ तर मन्त्रीहरुको सम्पत्ति कहाँबाट आयो, लेखाजोखा कसले गर्ने?

‘व्यवसायीले व्यापार गरेर गाडी चढ्दा गाडी कहाँबाट चड्यो भनेर खोजिन्छ, मन्त्री र नेताहरुले चडेको खोजिंदैन, सम्पत्ति विवरण त आउँछ, मन्त्रीहरुको सम्पत्ति कहाँबाट आयो’ लेखाजोखा कसले गर्ने ? विगत देखिको खोजी कसले गर्ने ?,’ अग्रवालले भने।
‘व्यवसायीले गाडी चढ्दा प्रश्न उठ्छ तर मन्त्रीहरुको सम्पत्ति कहाँबाट आयो, लेखाजोखा कसले गर्ने?

चितवन, वैशाख ११ : उद्योग वाणिज्य महासंघ बागमती प्रदेशका जिल्ला नगर उपाध्यक्ष कृष्ण कुमार अग्रवालले उद्योगी–व्यवसायीहरुलाई बिनाकारण पक्राउ गर्ने र तर्साउने काम बन्द गर्न सरकारसँग आग्रह गरेका छन्।

नेपाल मोवाइल व्यवसायी महासंघ बागमती प्रदेशको तेस्रो वार्षिक साधारणसभालाई शनिबार चितवनको सौराहामा सम्बोधन गर्दै उनले पुस्तौं पुस्ता ब्यवसाय गरेका व्यवसायीहरुलाई सरकारले विनाकारण पक्राउ गरेर सिंगो व्यवसायी जगतलाई तर्साउने काम गरिरहेको बताए। उनले व्यवसायीको सम्पत्ति खोज्ने सरकारले नेता र मन्त्रीको पनि सम्पत्तिको स्रोत खोज्नेतर्फ ध्यान दिनुपर्ने पनि बताए।

Hardik ivf

‘व्यवसायीले व्यापार गरेर गाडी चढ्दा गाडी कहाँबाट चड्यो भनेर खोजिन्छ, मन्त्री र नेताहरुले चडेको खोजिंदैन, सम्पत्ति विवरण त आउँछ, मन्त्रीहरुको सम्पत्ति कहाँबाट आयो’ लेखाजोखा कसले गर्ने ? विगत देखिको खोजी कसले गर्ने ?,’ अग्रवालले भने।

उनले पुस्तौं पुस्ता ब्यवसाय गरेका व्यवसायीलाई जेल हालिएको अवस्था प्रति गुनासो गर्दै भने, ‘व्यवसायी गरेर कमाउँदा जेल जानू पर्ने ?’ सोधपुछ गर्नकै लागि भित्र हाल्ने होइन, बाहिरै राखेरै पनि सोधपुछ गर्न सकिन्छ, भित्र लगेर सोधपुछ गर्दा ब्यवसायीको मनोबल गिराउने काम भइरहेको छ।’

अग्रवालले अहिलेको सरकारसँग जनता र ब्यवसायी सबैको आशा र अपेक्षा रहेको भन्दै गलत गर्नेहरूलाई भने सरकारले कार्वाहीको दायरामा ल्याइनुपर्ने बताए।

‘अहिले व्यवसायीलाई तर्साउने काम भइरहेको छ। अहिलेको सरकारसँग हरेक जनताको अपेक्षा छ, हरेक व्यवसायीको अपेक्षा छ। गलत काम गर्नेलाई कार्वाही होस्, तर सिंगो व्यवसायी जगतलाई तर्साउने काम बन्द होस,’ उनले भने।

उनले व्यवसायीहरुका बिचमा पनि आफुआफु भित्र खुट्टा तान्ने काम भइरहेको भन्दै उनले एकअर्काको खुट्टा तान्ने काम बन्द गर्न पनि व्यवसायीहरुलाई आग्रह गरे। उनले व्यवसायलाई प्रतिस्पर्धात्मक बनाउन भने आग्रह गरे।

प्रकाशित मिति: १५:०५ बजे, शनिबार, वैशाख १२, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्