Kathmandu Press

कस्तो हुनेछ आज देशभरको मौसम?

शनिबार दिउँसो मधेश प्रदेश लगायत बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका तराई साथै उपत्यका र खोँचहरूमा तातो दिन हुने सम्भावना रहेको छ।
कस्तो हुनेछ आज देशभरको मौसम?

काठमाडौं, वैशाख १२ : हाल नेपालमा पश्चिमी र स्थानीय वायूको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार शनिबार  दिउँसो मधेश प्रदेश लगायत बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका तराई साथै उपत्यका र खोँचहरूमा तातो दिन हुने सम्भावना रहेको छ। साथै, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा तातो लहरको पनि सम्भावना देखिन्छ।

Hardik ivf

आज किोशी प्रदेश लगायत बाँकी हिमाली र पहाडी भू–भागमा साधारणतया बादल लाग्ने र बाँकी तराई भू–भागमा आंशिक बादल लाग्नेछ।

कोशी प्रदेशको हिमाली र पहाडी भू–भागका केही स्थानहरूमा, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भू–भाग तथा लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका हिमाली भू–भागका साथै कोशी प्रदेशको तराईको थोरै स्थानहरूमा मेघगर्जन÷चट्याङ्ग सहित मध्यम सम्मको वर्षा÷हिमपातको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ।

यस्तै आज राती कोशी प्रदेशको हिमाली र पहाडी भू–भाग लगायत बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भू–भागमा आंशिक बादल लाग्ने र बाँकी हिमाली, पहाडी र तराई भू–भागमा मौसम मूख्यतया सफा रहनेछ। 

कोशी प्रदेशको हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा÷हिमपातको सम्भावना रहेको छ।

प्रकाशित मिति: ०८:१४ बजे, शनिबार, वैशाख १२, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्