Kathmandu Press

परराष्ट्रमन्त्री खनालसँग अमेरिकी सहायक विदेशमन्त्री कपुरको भेट

सो अवसरमा व्यापार तथा लगानी क्षेत्रमा थप ध्यान केन्द्रित गर्दै सहकार्य विस्तार गर्ने विषयमा समेत कुराकानी भएको थियो।
परराष्ट्रमन्त्री खनालसँग अमेरिकी सहायक विदेशमन्त्री कपुरको भेट

काठमाडौं, वैशाख ८ : परराष्ट्रमन्त्री शिशिर खनाल र नेपाल भ्रमणमा रहेका अमेरिकी विदेश मन्त्रालयका दक्षिण तथा मध्यएसिया मामिलासम्बन्धी सहायकमन्त्री एसपल कपुरबीच भेट छ। 

मन्त्रालयमा आज भएको भेटमा उनीहरूबीच नेपाल–अमेरिका द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ बनाउनेलगायत विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ। साथै सो अवसरमा व्यापार तथा लगानी क्षेत्रमा थप ध्यान केन्द्रित गर्दै सहकार्य विस्तार गर्ने विषयमा समेत कुराकानी भएको थियो।

Hardik ivf

कपुर बालेन सरकार बनेपछि नेपाल भ्रमण गर्ने उच्चतहका पहिलो कूटनीतिज्ञ हुन्। सोमबारबाट सुरू भएको उनको भ्रमणलाई नयाँ सरकार र सरकारको नेतृत्व गर्ने रास्वपासँगको सम्बन्धलाई विस्तार गर्ने योजना अन्तर्गतको भ्रमणको रुपमा पनि हेरिएको छ।

उनले सोमबार सत्तारुढ दल रास्वपाका सभापति रवि लामिछानेसँग भेट गरेका थिए । भेटमा उनले अमेरिका र नेपाल सहकार्यका क्षेत्रबारे कुरा गरेको बताएका छन्।

प्रकाशित मिति: १२:३९ बजे, मंगलबार, वैशाख ८, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्