तस्बिरमा हेर्नुस् वर्षौँदेखि बन्द रहेकाे जनकपुर चुरोट कारखानाको अवस्था
सरकारले इच्छाशक्ति देखाएर यसलाई पुनः सञ्चालन गर्ने हो भने ७ सयभन्दा बढीले तत्काल रोजगारी पाउन सक्ने अवस्था रहेका यहाँका कर्मचारीहरु बताउँछन्।
जनकपुर, वैशाख ८ : कुनै समय नेपालको औद्योगिक शान मानिने जनकपुर चुरोट कारखाना अहिले बन्द छ।
रसियाली प्रविधिबाट बनेका यी मेसिनहरू वर्षौँदेखि थन्किए पनि अझै चल्न सक्ने अवस्थामै छन्।
तत्कालीन समयमा चालु अवस्थामै बन्द गरिएको यस कारखानाभित्रका मेसिनहरूमा अझै खिया लागेको छैन।
सरकारले इच्छाशक्ति देखाएर यसलाई पुनः सञ्चालन गर्ने हो भने ७ सयभन्दा बढीले तत्काल रोजगारी पाउन सक्ने अवस्था रहेका यहाँका कर्मचारीहरु बताउँछन्।

प्रकाशित मिति: ११:४८ बजे, मंगलबार, वैशाख ८, २०८३
प्रतिक्रिया दिनुहोस्
थप समाचार