Kathmandu Press

बलिउड निर्देशक करन जोहरका दुई कामदारमा कोरोना

काठमाडौं, जेठ १३ : बलिउड निर्देशक करन जोहरको घरमा काम गर्ने दुई जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

उनले ट्विटमार्फत आफ्नो घरमा काम गर्न....

बलिउड निर्देशक करन जोहरका दुई कामदारमा कोरोना

काठमाडौं, जेठ १३ : बलिउड निर्देशक करन जोहरको घरमा काम गर्ने दुई जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

उनले ट्विटमार्फत आफ्नो घरमा काम गर्ने दुई जनामा कोरोना देखिएको सार्वजनिक गरेका छन्। अहिले उनीहरुको उपचार भइरहेको बताउँदै उनले परिवारका अरु सबै सुरक्षित रहेको र संक्रमणको कुनै पनि संकेत नरहेको बताएका छन्।

निर्देशक जोहरले लेखेका छन्, ‘हाम्रो घरमा रहेका दुई जना स्टाफमा कोभिड–१९ पोजेटिभ देखिएको यहाँहरु सबैलाई जानकारी गराउन चाहन्छु। उनीहरुमा संक्रमणका संकेतहरु यकिन भएपछि हामीले घरमै क्वारेन्टाइनमा राखेका छौं।’

Hardik ivf

यसको लगतै करन र उनका परिवारको पनि कोरोना परीक्षण गरिएको थियो। उनीहरु कसैमा पनि संक्रमण देखिएको छैन।

उनले थपेका छन्, ‘बाँकी रहेका हाम्रो परिवार र सहयोगी स्टाफहरु सबै सुरक्षित छौं। कुनै संक्रमणको संकेत छैन।’

उनको परिवारले हिजो बिहान स्वाब संकलन गरेर परीक्षण गर्दा  नेगेटिभ संकेत देखिएको जनाएका छन्। तैपनि उनले आफूहरु वरपरका सुरक्षित राख्नका लागि पनि १४ दिनसम्म आइसोलेसनमा बस्ने जानकारी गराएका छन्।

 

 

प्रकाशित मिति: १२:३२ बजे, मंगलबार, जेठ १३, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्