Kathmandu Press

राजेन्द्र लिङ्देन भन्छन्– गृहमन्त्रीबारे सरकारले धारणा स्पष्ट पार्नुपर्छ, स्टन्टले देश चल्दैन

सरकारले अनधिकृत रुपमा बनाइएको सडक छेउका घरटहरा भत्काउने नाममा सरकारले राज्य आतंक फैलाएको भन्दै आक्रोश समेत व्यक्त गरे।
राजेन्द्र लिङ्देन भन्छन्– गृहमन्त्रीबारे सरकारले धारणा स्पष्ट पार्नुपर्छ, स्टन्टले देश चल्दैन

काठमाडौं, वैशाख ७ : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले गृहमन्त्री सुधन गुरुङको सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ परेका व्यवसायी दीपक भट्टसँगको साझेदारीबारे तत्काल स्पष्ट गर्न माग गरेका छन्।

सोमबार पार्टीद्वारा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष लिङ्देनले सुशासनको कुरा गर्ने सरकारले गृहमन्त्रीबारे सञ्चार माध्याममा आइरहेका विषयमा स्पष्ट पार्नुपर्ने बताए। 

Hardik ivf

‘सुशासनको कुरा गर्ने गृहमन्त्रीको बारेमा अहिले सञ्चार माध्यममा जे आइराखेको छ। त्यसको बारेमा सरकारले तत्काल आफ्नो धारणा स्पष्ट पार्नुपर्छ। गृहमन्त्रीले आफ्नो पोशिजन क्लियर गर्नुपर्छ । पार्टी सभापतिले गृहमन्त्रीको बारेमा आफ्नो पोजिशन क्लियर गर्नुपर्छ,’ उनले भने।

अध्यक्ष लिङ्देनले स्टन्टको भरमा देश नचल्ने भन्दै सरकारको आलोचना गरे। 

‘मैले अस्ति भर्खरै सञ्चार माध्याममा हेरिराखेको थिएँ, सामाजिक सञ्जालमा हेरिराखेको छु। म लाइसेन्स नवीकरण गर्न गएको थिएँ। लाइसेन्स पाइनँ तर बाँढिराखेको छ भनेर स्टन्ट गरिएको छ। अब त्यस्तो स्टन्टले देश चल्दैन,’ उनले भने।

सरकारले अनधिकृत रुपमा बनाइएको सडक छेउका घरटहरा भत्काउने नाममा सरकारले राज्य आतंक फैलाएको भन्दै आक्रोश समेत व्यक्त गरे।

प्रकाशित मिति: १५:५९ बजे, सोमबार, वैशाख ७, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्