पार्टीले गर्ने हरेक निर्णयको पालना गर्छु, अनुसन्धानमा आवश्यक सहयोग गर्न तयार छु : गृहमन्त्री गुरुङ
‘म यति मात्र भन्न चाहन्छु, आरोप र सत्य एउटै कुरा होइनन्। निर्णय भावनाले होइन, प्रमाणका आधारमा हुनुपर्छ, यस विषयमा पार्टीले गर्ने हरेक निर्णयको पूर्ण रूपमा पालना गर्नेछु र अनुसन्धानमा आवश्यक सहयोग गर्न तयार छु,’ उनले लेखेका छन्।
काठमाडौं, वैशाख ७ : गृहमन्त्री सुधन गुरुङले आफ्नो विषयमा उठेका प्रश्नहरूको स्पष्टिकरण दिएका छन्।
समाजिक सञ्जालमार्फत स्पष्टीकरण दिँदै उनले पार्टीले गर्ने हरेक निर्णयको पालना गर्ने र अनुसन्धानमा आवश्यक सहयोग गर्न तयार रहेको बताएका छन्।
आरोप र सत्य एउटै कुरा नभएको बताउँदै उनले निर्णय भावनाले होइन, प्रमाणका आधारमा गरिनुपर्ने तर्क गरेका छन्।
‘म यति मात्र भन्न चाहन्छु, आरोप र सत्य एउटै कुरा होइनन्। निर्णय भावनाले होइन, प्रमाणका आधारमा हुनुपर्छ, यस विषयमा पार्टीले गर्ने हरेक निर्णयको पूर्ण रूपमा पालना गर्नेछु र अनुसन्धानमा आवश्यक सहयोग गर्न तयार छु,’ उनले लेखेका छन्।
गृहमन्त्री गुरुङले विवादित पृष्ठभूमिका व्यवसायीसँग आफ्नो जोडिएपछि उठेका प्रश्नबारे बोल्दै उनले उक्त आरोप र सत्य एउटै कुरा नभएको जिकिर गरेका छन् ।
‘पार्टीको नारा र व्यवहार फरक भयो भन्ने टिप्पणी पनि गरिएको छ। व्यक्तिगत लगानीलाई बिचौलियासँगको मिलेमतोको रूपमा व्याख्या गर्नु उचित होइन। लगानी गर्नु र बिचौलियापन गर्नु फरक कुरा हुन्, यसलाई मिसाएर राजनीति गर्न सजिलो छ, तर सत्य त्यति सरल हुँदैन,’ उनले भनेका छन्।
यस्तै, मन्त्री गुरुङले सहीदहरूको बलिदान र जेनजी आन्दोलनको मर्म आफूहरुलाई जिम्मेवार बनाएको बताउँदै प्रमाणमा उभिन आग्रह गरेका छन्।