Kathmandu Press

सेयरमा लागनी गरेको रकम ऋणबाट जुटाएको हुँ : गृहमन्त्री

‘बैंकबाट गएको पैसाको सबै हिसाब हुन्छ। कहिले गयो, कहाँ गयो, कसलाई गयो सबै देखिन्छ। यस्तो हिसाब हुने पैसा कसरी लुकाउने? कहाँ लुकाउने?,’ उनको स्पष्टीकरण छ। 
सेयरमा लागनी गरेको रकम ऋणबाट जुटाएको हुँ : गृहमन्त्री

काठमाडौं, वैशाख ७ : गृहमन्त्री सुधन गुरूङले आफूमाथि उठेको लगानीको स्रोतबारे स्पष्टीकरण दिएका छन्।

विवादित पृष्ठभूमिका व्यवसायीसँग आफ्नो साँठगाँठबारे विभिन्न मिडियामा उठेका प्रश्नको सामाजिक सञ्जालमार्फत जवाफ दिँदै उनले दुई करोड ७५ लाख शेयर किनेका रकम ऋणबाट जुटाएको जवाफ दिएका हुन्।

Hardik ivf

‘मैले लगानी गरेको रकम ऋण मार्फत जुटाइएको हो, र त्यसको लिखित तमसुक मिति २०८०।०५।२९ को हो, जुन रेकर्डमा नै छ। उक्त तमसुकअनुसार ऋण लिइएको रकम बैंकिङ च्यानलमार्फत आएको छ र सोही रकम लगानीमा प्रयोग गरिएको हो,’ उनले लेखेका छन्।

यस्तै, गृहमन्त्री गुरुङले बैंकबाट गएको पैसाको हिसाब सबै देखिने बताएका छन्।

‘बैंकबाट गएको पैसाको सबै हिसाब हुन्छ। कहिले गयो, कहाँ गयो, कसलाई गयो सबै देखिन्छ। यस्तो हिसाब हुने पैसा कसरी लुकाउने? कहाँ लुकाउने?,’ उनको स्पष्टीकरण छ। 

यस्तै, उनले अहिले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको हिरासतमा रहेका दीपक भट्टसँगको व्यवसायिक साझेदारीबारे पनि खुलाएका छन्। उनले सेयर किन्दैमा साझेदारी नहुने बताए। 

‘विवादित व्यक्तिसँग साझेदारी भनिएको छ। एउटै कम्पनीमा सयौं–हजारौं सेयरहोल्डर हुन्छन्। सेयर किन्नु भनेको सबैसँग साझेदारी गर्नु होइन। यदि त्यसैलाई आधार मान्ने हो भने त्यही कम्पनीमा लगानी गर्ने सबैलाई एउटै रूपमा दोषी ठहर गर्नुपर्ने हुन्छ, जुन न्यायोचित होइन,’ उनले भनेका छन्, ‘त्यही कम्पनीमा मिडिया हाउसदेखि बैंकसम्मका लगानी छन्। के ती सबै साझेदार वा दोषी हुन् तरु प्रश्न सरल छ, सेयरहोल्डर हुनु अपराध हो, कि चयन गरेर आरोप लगाउनु?’

प्रकाशित मिति: १४:२० बजे, सोमबार, वैशाख ७, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्