Kathmandu Press

अमेरिकी सहायक विदेशमन्त्री समीर पल काठमाडौं आइपुगे 

भारतीय मूलका कपुर बालेन शाह नेतृत्वको नयाँ सरकारसँग सम्बन्ध विस्तार गर्ने उद्देश्यसहित काठमाडौं आइपुगेका हुन्।
अमेरिकी सहायक विदेशमन्त्री समीर पल काठमाडौं आइपुगे 

काठमडौं, वैशाख ७ : अमेरिकी विदेश मन्त्रालयका दक्षिण तथा मध्य एशिया मामिला हेर्ने सहायक विदेशमन्त्री समीर पल कपुर काठमाडौं आइपुगेका छन्।

उनी आज बिहान सवा ६ बजेतिर त्रिभुवन विमानस्थलमा अवतरण भएको बताइएको छ। 

भारतीय मूलका कपुर बालेन शाह नेतृत्वको नयाँ सरकारसँग सम्बन्ध विस्तार गर्ने उद्देश्यसहित काठमाडौं आइपुगेका हुन्।

काठमाडौं बसाइको क्रममा कपुरले उच्चस्तरीय भेटघाट गर्ने र सरकारका केही मन्त्रीहरुलाई पनि भेट्ने तयारी छ। 

कपुर तीन दिन काठमाडौंमा रहने बताइउको छ। उनी बुधबार फर्किनेछन् । 

प्रकाशित मिति: १०:४२ बजे, सोमबार, वैशाख ७, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्