Kathmandu Press

पूर्णबहादुर खड्कालाई सोधेको स्‍पष्टीकरण कांग्रेसले फिर्ता लिने

अदालतले विशेष महाधिवेशनबाट आएको नेतृत्वलाई मान्यता दिएकाले स्पष्टीकरणको औचित्यता सकिएको ठहरसहित फिर्ता लिने लागिएको बताइएको छ।
पूर्णबहादुर खड्कालाई सोधेको स्‍पष्टीकरण कांग्रेसले फिर्ता लिने

काठमाडौं, वैशाख ७ : निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई सोधेको स्पष्टीकरण नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिले फिर्ता लिने भएको छ।

सोमबार दिउँसो बस्ने अनुशासन समितिको बैठकले नेता खड्कालाई सोधेको सात दिने स्पष्टीकरण फिर्ता लिने बताइएको छ।

अदालतले विशेष महाधिवेशनबाट आएको नेतृत्वलाई मान्यता दिएकाले स्पष्टीकरणको औचित्यता सकिएको ठहरसहित फिर्ता लिने लागिएको बताइएको छ।

२ चैतमा बसेको बैठकले स्पष्टीकरण सोध्ने निर्णय गरेका थियो। खड्काले अनुशासन समितिको सो निर्णय अवैधानिक भन्दै अस्वीकार गरेका थिए।

प्रकाशित मिति: १०:३७ बजे, सोमबार, वैशाख ७, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्