Kathmandu Press

कांग्रेसले प्रदेश मुख्यमन्त्रीहरूसँग छलफल गर्दै

दिउँसो १ बजेबाट पार्टी केन्द्रीय कार्यालय सानेपामा छलफल सुरु हुनेछ । छलफलमा सात प्रदेशकै पार्टी सभापति, प्रदेश संसदीय दलका नेताहरू पनि सहभागी हुनेछन् ।
कांग्रेसले प्रदेश मुख्यमन्त्रीहरूसँग छलफल गर्दै
Hardik ivf

काठमाडौं, वैशाख ६ : प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले आज (वैशाख ६) प्रदेशका आफ्नो पार्टीका मुख्यमन्त्रीहरूसँग छलफल गर्दै छ । 

दिउँसो १ बजेबाट पार्टी केन्द्रीय कार्यालय सानेपामा छलफल सुरु हुनेछ । छलफलमा सात प्रदेशकै पार्टी सभापति, प्रदेश संसदीय दलका नेताहरू पनि सहभागी हुनेछन् ।

प्रदेशको मन्त्रालय संख्या घटाउने र सरकारलाई प्रभावकारी बनाउने बारेमा छलफल हुने बताइएको छ । कांग्रेसले मधेस, वाग्मती, गण्डकी, सुदूरपश्चिम प्रदेशको नेतृत्व गरिरहेको छ । 

प्रकाशित मिति: ०९:०८ बजे, आइतबार, वैशाख ६, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्