Kathmandu Press

आज इन्द्रजात्रा पर्व मनाइँदै, उपत्यका बिदा

प्रत्येक वर्ष भाद्र शुक्लका दिन पर्ने यो पर्व काठमाडौं, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायत स्थानमा मनाइन्छ । 
आज इन्द्रजात्रा पर्व मनाइँदै, उपत्यका बिदा

काठमाडौं, असाेज ९ : आज इन्द्रजात्रा पर्व मनाइँदै छ ।

वर्षा र सहकालका देवता इन्द्रको पूजा-आराधना गरी आज इन्द्रजात्रा पर्व मनाउने गरिन्छ । 

प्रत्येक वर्ष भाद्र शुक्लका दिन पर्ने यो पर्व काठमाडौं, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायत स्थानमा मनाइन्छ । 

भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजा सहितको लिंगो ठड्याइएपछि प्रारम्भ हुने यो जात्रा विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवीदेवताको पूजाआजा गरी आठ दिनसम्म मनाउने प्रचलन छ ।

भाद्र शुक्ल द्वादशीका दिन ठड्याइएको लिंगोलाई ‘इन्द्रध्वजोत्थान’ पनि भनिन्छ । लिंगोको फेदमा भैरवको पूजा गरिन्छ । शत्रु पराजय भएपछि विजय मनाउने पर्वका रूपमा इन्द्रजात्रा मनाउने गरिएको हो ।

यसै अवसरमा काठमाडौं उपत्यकामा सार्बजनिक बिदा दिईएकाे छ  । 

प्रकाशित मिति: ०८:३८ बजे, शुक्रबार, असोज ९, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्