Kathmandu Press

रास्वपा सचिवालयको बैठक बस्दै

पार्टीका सभापति रवि लामिछानेले बैठक आज दिउँसो साढे ३ बजे पार्टी केन्द्रीय कार्यालय, घन्टीघर, वनस्थलीमा बोलाएका हुन् ।
रास्वपा सचिवालयको बैठक बस्दै
Hardik ivf

काठमाडौं, वैशाख ६ : राष्ट्रिय स्वतन्त्र पार्टी ‘रास्वपा’ले पार्टी सचिवालयको बैठक बोलाएको छ । 

पार्टीका सभापति रवि लामिछानेले बैठक आज दिउँसो साढे ३ बजे पार्टी केन्द्रीय कार्यालय, घन्टीघर, वनस्थलीमा बोलाएका हुन् ।
 
बैठकमा जिल्ला अधिवेशन कार्यविधि २०८३, बैंक खाता सञ्चालन, केन्द्रीय आयोग, सल्लाहकार परिषद्, संघीय नेतृत्व मञ्च र विभागहरूको मनोनयनको विषयमा छलफल हुने छ ।

यस्तै, महाधिवेशन कार्यविधि मस्यौदा समिति गठनलगायत सम्बन्धमा, विज्ञहरू, योजनाका लगायत विविध विषयमा छलफल हुने रास्वपा प्रवक्ता मनिष झाले जानकारी दिएका छन् ।

प्रकाशित मिति: ०९:०२ बजे, आइतबार, वैशाख ६, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्