Kathmandu Press

१५औं महाधिवेशनमा जुट्न महामन्त्री पौडेलको आग्रह

‘यस फैसला कसैका लागि पनि हार वा जीतको विषय हुनु हुँदैन। एउटाको जीत वा अर्काको हारका रूपमा व्याख्या गरेर पार्टी एकता खल्बलिने वातावरण आउन नदिन हामी सबै सचेत र सजग हुनु अहिलेको अवस्थामा अनिवार्य आवश्यकता हो,’ उनले भने।
१५औं महाधिवेशनमा जुट्न महामन्त्री पौडेलको आग्रह

काठमाडौं, वैशाख ५ : नेपाली कांग्रेस महामन्त्री प्रदीप पौडेलले नेपाली कांग्रेसको आधिकारिकता सम्बन्धमा सर्वोच्च अदालतले दिएको निर्णयलाई पूर्ण रूपमा स्वीकार गर्ने बताएका छन्।

उनले उक्त फैसला कसैको हार वा जीतको विषय नभएको स्पष्ट पार्दै, यसलाई विभाजनको रूपमा व्याख्या नगर्न सबै पक्षलाई आग्रह गरेका छन्।

Hardik ivf

‘यस फैसला कसैका लागि पनि हार वा जीतको विषय हुनु हुँदैन। एउटाको जीत वा अर्काको हारका रूपमा व्याख्या गरेर पार्टी एकता खल्बलिने वातावरण आउन नदिन हामी सबै सचेत र सजग हुनु अहिलेको अवस्थामा अनिवार्य आवश्यकता हो,’ उनले भने।

महामन्त्री पौडेलले अब सबै नेता, कार्यकर्ता र शुभेच्छुकहरूलाई एकताबद्ध हुन अपिल गरे। उनले आगामी १५औं महाधिवेशनलाई वातावरण निर्माणमा गर्न सबैलाई सक्रिय हुन आह्वान गरे।

‘अब सबैलाई सुरक्षित आभाष हुनेगरि सबै पुनः चारतारे झण्डामुनि गोलबद्ध बनेर १५ औं महाधिवेशनमा अघि बढ्ने वातावरण निर्माणका लागि सक्रिय रहन म समस्त नेपाली काङ्ग्रेसका नेता, साथीहरु र शुभेच्छुकमा हार्दिक अपिल गर्दछु,’ उनले भने।

प्रकाशित मिति: १३:३३ बजे, शनिबार, वैशाख ५, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्