सर्वोच्चले दियो कांग्रेस विशेष महाधिवेशनलाई मान्यता
न्यायाधीशद्वय शारंगा सुवेदी र नृपध्वज निरौलाको इजलासले शुक्रबार शेरबहादुर देउवा पक्षले दर्ता गरेको रिट खारेज गर्दै उक्त फैसला सुनाएको हो। यो फैसलासँगै ३ महिनादेखि जारी कांग्रेसको आधिकारिकता विवाद कानुनी रुपमा टुंगिएको छ।
काठमाडौं, वैशाख ४ : सर्वोच्च अदालतले नेपाली कांग्रेसको विशेष महाधिवेशनलाई मान्यता दिएको छ।
न्यायाधीशद्वय शारंगा सुवेदी र नृपध्वज निरौलाको इजलासले शुक्रबार शेरबहादुर देउवा पक्षले दर्ता गरेको रिट खारेज गर्दै उक्त फैसला सुनाएको हो। यो फैसलासँगै ३ महिनादेखि जारी कांग्रेसको आधिकारिकता विवाद कानुनी रुपमा टुंगिएको छ।
गत वर्षको पुस अन्तिम साता सम्पन्न विशेष महाधिवेशनले गगन थापालाई सभापतिमा चयन गरेको थियो। त्यसविरुद्ध तत्कालीन सभापति शेरबहादुर देउवा पक्षको निवेदनमा निर्वाचन आयोगले थापा पक्षलाई नै आधिकारिकता दिएपछि देउवा पक्ष ४ माघ २०८२ मा सर्वोच्च अदालत गएको थियो।
गत महिना थापा पक्षले पार्टीको नियमित १५औं महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेको थियो। त्यसपछि देउवा पक्षले उक्त कार्यतालिका कार्यान्वयन नगर्ने आदेश दिन माग गर्दै सर्वोच्च अदालतमा अर्को निवेदन दिएको थियो।
गत मंसिरमा कांग्रेसको १४औं महाधिवेशनबाट निर्वाचित कार्यसमितिको कार्यकाल सकिएपछि पार्टीमा महाधिवेशन निर्वाचन अगाडि वा पछाडि गर्ने भन्नेमा विवाद भएको थियो । विवाद बढ्दै जाँदा थापा पक्षले विशेष महाधिवेशन गरेको थियो।