Kathmandu Press

आर्थिक सुशासन र वित्तिय अनुशासनलाई प्राथमिकता दिन्छु : सभापति खड्का

सभापतिमा चयन भएपछि सञ्चारकर्मीसँगको कुराकानीमा उनले विगतको अनुभव र योग्यताले भ्याएसम्म आर्थिक सुशासन र वित्तिय अनुशासन कायम राख्नेगरी समितिलाई अगाडि बढाउने प्रतिबद्धता जनाए।
आर्थिक सुशासन र वित्तिय अनुशासनलाई प्राथमिकता दिन्छु : सभापति खड्का

काठमाडौं, वैशाख ४ : प्रतिनिधि सभाअन्तर्गतको सार्वजनिक लेखा समितिको सभापतिमा भरत खड्का सर्वसम्मत चयन भएका छन्।

शुक्रबार बसेको समितिको बैठकले नेपाली कांग्रेसका सांसद खड्कालाई सभापतिमा सर्वसम्मत चयन गरेको हो।

Hardik ivf

२०७४ सालमा भएको निर्वाचनमा डोटी–१ ‘क’ बाट प्रत्यक्षतर्फ प्रदेशसभा सदस्य निर्वाचित भएका उनी विशेष महाधिवेशनबाट कांग्रेसको केन्द्रीय सदस्य बनेका हुन्।

गत निर्वाचनमा सभापति गगन थापाले टिकट दिएर पठाएपछि खड्का गत फागुन २१ मा सम्पन्न निर्वाचनमा प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए।

सभापतिमा चयन भएपछि सञ्चारकर्मीसँगको कुराकानीमा उनले विगतको अनुभव र योग्यताले भ्याएसम्म आर्थिक सुशासन र वित्तिय अनुशासन कायम राख्नेगरी समितिलाई अगाडि बढाउने प्रतिबद्धता जनाए।

विगतमा भएका विसङ्गतीहरु नदोहोरिने विश्वास दिलाए। उनले भने, ‘जुन जिम्मेवारी मैंले प्राप्त गरेको छु, त्यसलाई मेरो विगतको अनुभव र योग्यताले भ्याएसम्म आर्थिक सुशासन र वित्तिय अनुशासन कायम राख्नेगरी यो समितिलाई अगाडि बढाउने छु। विगतका केही विसङ्गतीहरु पनि छन् ,तर ती दोहोरिनेवाला छैन।’

आर्थिक सुशासन र वित्तिय अनुशासनलाई प्रमुख एजेण्डाको रुपमा आफूले लिएको उनको भनाई छ।

प्रकाशित मिति: १५:३३ बजे, शुक्रबार, वैशाख ४, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्