Kathmandu Press

संविधान कार्यान्वयनप्रति सरकार पूर्ण प्रतिबद्ध छ : मन्त्री डा.वाग्ले

‘अहिलेको संविधानप्रति सरकार पूर्ण बफादार छ। संविधानलाई इमान्दारीपूर्वक कार्यान्वयन हाम्रो दायित्व हो। चित्त नबुझेको कुराहरु वा संबिधानमै लेखेका धाराहरुमा सुधार गरौं भन्ने कुरामा पार्टीले विचार गर्छ,’ उनले भने।
संविधान कार्यान्वयनप्रति सरकार पूर्ण प्रतिबद्ध छ : मन्त्री डा.वाग्ले

काठमाडौं, वैशाख ३ : अर्थमन्त्री स्वर्णिम वाग्लेले वर्तमान संविधानप्रति सरकार पूर्ण प्रतिबद्धता रहेको बताएका छन्। 

आज बसेको अन्तर-सरकारी वित्तीय परिषद् तथा विषयगत समितिको बैठकमा बोल्दै उनले संविधानलाई इमान्दारीपूर्वक कार्यान्वयन गर्ने सरकारको नीति रहेको स्पष्ट पारेका हुन्।

उनले संविधानका केही प्रावधानप्रति असन्तुष्टि भएपनि ती विषय संविधानभित्रै उल्लेखित धाराहरूको आधारमा संशोधन गर्न सकिने बताए।

‘अहिलेको संविधानप्रति सरकार पूर्ण बफादार छ। संविधानलाई इमान्दारीपूर्वक कार्यान्वयन हाम्रो दायित्व हो। चित्त नबुझेको कुराहरु वा संबिधानमै लेखेका धाराहरुमा सुधार गरौं भन्ने कुरामा पार्टीले विचार गर्छ,’ उनले भने।

उनले चालु आर्थिक वर्षमा करिब १४ खर्ब ८० अर्ब रुपैयाँ उठाउने लक्ष्य रहेको जानकारी दिए । तर आन्तरिक तथा बाह्य कारणका कारण उक्त लक्ष्य हासिल गर्न चुनौतीपूर्ण अवस्था उनले बताए।

‘राजनीतिक स्वार्थ समूहहरुबीचको गठजोडले सिंगो देश नै बन्धक बन्यो । त्यसैले सरकारले एक्सन लिइरहेको छ। तर सबैलाई समान नियम लागू होस भन्ने चाहन हो। दुइचार जना व्यापारी र राजनीति गर्ने व्यक्तिले सिंगो देशलाई बन्धक राख्ने र युवा पुस्ताको आशालाई बन्धक गराउने कामलाई चिर्न खोजेका हौं,’ उनले भने।

प्रकाशित मिति: १५:४३ बजे, बिहीबार, वैशाख ३, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्