Kathmandu Press

रास्वपाले टुंग्यायो ११ संसदीय सभापतिको नाम

बिहीबार दिउँसो सिंहदरबारमा बसेको रास्वपा संसदीय दलको बैठकले ११ समिति सपभातिको टुंगो लगाएको हो।
रास्वपाले टुंग्यायो ११ संसदीय सभापतिको नाम

काठमाडौं, वैशाख ३ : सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधिसभा अन्तर्गतका ९ वटा विषयगत र २ वटा संयुक्त समितिका सभापतिहरूको नाम टुंगो लगाएको छ। 

बिहीबार दिउँसो सिंहदरबारमा बसेको रास्वपा संसदीय दलको बैठकले ११ समिति सपभातिको टुंगो लगाएको हो।

रास्वपाले कानुन, न्याय तथा मानवअधिकार समितिमा समीक्षा बास्कोटा, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा अशोककुमार चौधरी, पूर्वाधार विकास समितिमा आशिष गजुरेल, महिला तथा सामाजिक मामिला समितिमा आकृति अवस्थीको नाम सिफारिस गरेकोछ।

यस्तै, संसदीय दलको बैठकले राज्य व्यवस्था तथा सुशासन समितिमा हरि ढकाल, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा ओजश्वी शेरचन,  संसदीय सुनुवार्इ समितिमा बोधनारायण श्रेष्ठ, उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा रहबर अन्सारी, राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिमा गणेश कार्की, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा सुम्नीमा उदास र अर्थ समितिमा कृष्णहरि बुढाथोकीको नाम सिफारिस गरेको छ।

समिति सभापति चयनका लागि आजै ४ बजेसम्म मनोनयन दर्ताको समय छ।

प्रकाशित मिति: १४:११ बजे, बिहीबार, वैशाख ३, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्