Kathmandu Press

कांग्रेसले लेखा समिति सभापतिमा उम्मेदवारी दिने

यो समितिमा विपक्षी दलका सांसद सभापति रहने अभ्यास रहेकाले कांग्रेसले उम्मेवारी दिन लागेको हो। 
कांग्रेसले लेखा समिति सभापतिमा उम्मेदवारी दिने

काठमाडौं, वैशाख ३ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संघीय संसद अन्तर्गतको लेखा समितिको सभापतिमा उम्मेदवारी दिने भएको छ।

यो समितिमा विपक्षी दलका सांसद सभापति रहने अभ्यास रहेकाले कांग्रेसले उम्मेवारी दिन लागेको हो। 

Hardik ivf

उसले नामको टुंगो भने लगाइसकेको छैन। विपक्षी दलहरुसँगको छलफल पछि कांग्रेसले उम्मेदवारको टुंगो लगाउने बताइएको छ।

केही बेरमा सिंहदरबारमा विपक्षी दलका नेताहरूले संयुक्त छलफल हुँदै छ। सोही छलफलपछि उम्मेदवारको टुंगो लाग्ने छ।

समितिको सभापतिका लागि आज दिउँसो १ बजेदेखि दिउँसो ४ बजेसम्म मनोनयन दर्ताको समय छ। मनोनयन दर्ताका दर्ता सिंहदरवारस्थित प्रतिनिधिसभा सचिवको कार्यकक्षमा हुनेछ । 

प्रकाशित मिति: १२:१८ बजे, बिहीबार, वैशाख ३, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्