Kathmandu Press

दाइजो लेनदेन भएको विवाहमा जान्न, ‘दहेजमुक्त विवाह’ सन्देश प्रवाह गरौं : उपसभामुख

‘दाइजो लिनु वा दिनु मात्र होइन, त्यस्तो प्रथामा आधारित विवाहलाई स्वीकार गर्नु, कार्यक्रममा सहभागि हुनु वा भोज ग्रहण गर्नु पनि सामाजिक रूपमा अस्वीकार्य र कानुनी रूपमा दण्डनीय हुन्छ,’ उनले उल्लेख गरेकी छन्।
दाइजो लेनदेन भएको विवाहमा जान्न, ‘दहेजमुक्त विवाह’ सन्देश प्रवाह गरौं : उपसभामुख

काठामडौं, वैशाख ३ : उपसभामुख रुबीकुमारी ठाकुरले दाइजोको लेनदेन हुने विवाह समारोहमा आफू सहभागी नहुने घोषणा गरेकी छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत उनले यस्तो धारणा सार्वजनिक गर्दै दहेज प्रथाविरुद्ध कडा सन्देश दिएकी हुन्।

उनले दाइजोमा आधारित विवाहमा उपस्थित हुन असमर्थ रहने स्पष्ट पार्दै समाजलाई दहेजमुक्त, समानतामा आधारित र सुसंस्कृत विवाह अभ्यासतर्फ अग्रसर हुन आग्रह गरेकी छन्।

Hardik ivf

‘दाइजो लिनु वा दिनु मात्र होइन, त्यस्तो प्रथामा आधारित विवाहलाई स्वीकार गर्नु, कार्यक्रममा सहभागि हुनु वा भोज ग्रहण गर्नु पनि सामाजिक रूपमा अस्वीकार्य र कानुनी रूपमा दण्डनीय हुन्छ,’ उनले उल्लेख गरेकी छन्।

उपसभामुख ठाकुरले दाइजो प्रथाले महिलाको सम्मान, समानता र अधिकारमाथि गम्भीर असर पार्ने बताउँदै यसलाई अन्त्य गर्न सामूहिक पहल आवश्यक रहेको औँल्याएकी छन्।

साथै, उनले विवाह निमन्त्रणापत्रमै ‘दहेजमुक्त विवाह’ भन्ने स्पष्ट सन्देश समावेश गर्न आग्रह गर्दै दाइजो लिनु–दिनु सामाजिक तथा कानुनी अपराध भएको जनचेतना फैलाउन सबै पक्षलाई आह्वान गरेकी छन्।

प्रकाशित मिति: १०:५६ बजे, बिहीबार, वैशाख ३, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्