Kathmandu Press

पछाडि पारिएकाको सच्चा पहरेदार बन्न समानुपातिक सांसदलाई प्रधानमन्त्री शाहको आग्रह

प्रधानमन्त्री कार्यालयमा बुधबार भएको छलफलमा उनले समानुपातिक सांसदहरूको ‘मिकालाई राष्ट्रिय मूलधार र समुदायको सेतुको रूपमा व्याख्या गरे।
पछाडि पारिएकाको सच्चा पहरेदार बन्न समानुपातिक सांसदलाई प्रधानमन्त्री शाहको आग्रह

काठमाडौं, वैशाख ३ : प्रधानमन्त्री बालेन शाहले समानुपातिक सांसदहरूलाई कुनै एउटा क्षेत्र विशेषमा मात्र सीमित नरही देशभरका उत्पीडित र पछाडि पारिएका क्लस्टरको सच्चा पहरेदार बन्न आह्वान गरेका छन्।

प्रधानमन्त्री कार्यालयमा बुधबार भएको छलफलमा उनले समानुपातिक सांसदहरूको ‘मिकालाई राष्ट्रिय मूलधार र समुदायको सेतुको रूपमा व्याख्या गरे।

Hardik ivf

‘तपाईंहरूको पहिलो प्राथमिकता आफ्ना क्लस्टरका मुद्दा उठाउनु हो, त्यसपछि राष्ट्रिय कानुन निर्माणमा केन्द्रित हुनुहोस् र समग्र देशको विकासमा ध्यान दिनुहोस्। प्रत्यक्ष निर्वाचित एउटा क्षेत्रमा बाँधिएका हुन्छन्, तर तपाईँहरू देशभरका आफ्ना क्लस्टरका लागि आशाको केन्द्र हुनुहुन्छ,’ प्रधानमन्त्री शाहले सांसदहरूलाई भने।

प्रधानमन्त्री शाहले आगामी पाँच वर्षसम्म निरन्तर सहकार्यको प्रतिबद्धता जनाउँदै समस्या समाधानमा प्रविधिको प्रयोगमा जोड दिए।

छलफलमा उठेका तात्कालिक विषयमा फलो अप गरिने र आगामी दिनमा आवश्यक सुझाव तथा समन्वयका लागि डिजिटल माध्यम बाट सधैँ खुला रहने उनको भनाइ थियो।

प्रकाशित मिति: ०६:४७ बजे, बिहीबार, वैशाख ३, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्