Kathmandu Press

नयाँ वर्षमा द क्लिफले ल्यायो अकर्षक अफर

विश्वको दोस्रो अग्लो बञ्जी जम्म, स्वीङ, स्काइ साइकलिङलगायत साहसिक पर्यटकीय गतिविधिका साथै सुविधा सम्पन्न रिसोर्टको सुविधा उपलब्ध गराइरहेको ‘द क्लिफ नेपाल’ले नयाँ वर्षलाई लक्षित गर्दै विशेष छुट अफर सार्वजनिक गरेको हो।
नयाँ वर्षमा द क्लिफले ल्यायो अकर्षक अफर

काठमाडौं, वैशाख १ : ‘द क्लिफ नेपाल’ले नयाँ वर्ष २०८३ को अवसरमा आकर्षक अफर ल्याएको छ। 

विश्वको दोस्रो अग्लो बञ्जी जम्म, स्वीङ, स्काइ साइकलिङलगायत साहसिक पर्यटकीय गतिविधिका साथै सुविधा सम्पन्न रिसोर्टको सुविधा उपलब्ध गराइरहेको ‘द क्लिफ नेपाल’ले नयाँ वर्षलाई लक्षित गर्दै विशेष छुट अफर सार्वजनिक गरेको हो।

Hardik ivf

पर्वत जिल्लाको कुश्मामा अवस्थित यस रिसोर्टले नयाँ वर्षलाई सामान्य दिनभन्दा फरक अनुभव गर्नको लागि विषेश छुटको अवसर ल्याएको द क्लिफका अध्यक्ष राजु कार्कीले बताए।

द क्लिफले नयाँ वर्षमा आर्कषक छुटसहित स्टेकेशन, एड्भेन्चर, प्रकृति र लाइभ ब्यान्डको आनन्द लिन सकिने प्याकेज ल्याएको हो। यसका साथै प्राइभेट भिल्लामा २५ प्रतिशत छुट र मेगाट्रोल, स्काई साइकल तथा स्काई क्याफेमा १० प्रतिशत छुट उपलब्ध गराइने द क्लिफले जनाएको छ।

‘नयाँ वर्ष हरेक नेपालीका लागि विषेश हुन्छ । साथीभाई, आफन्त सबै मिलेर रमाइलो गर्न खोज्नुहुन्छ। यसका साथै कपलले पनि एक अर्कासँग क्वालिटी टाइम बिताउन र रमाइलो गर्न चाहनुहुन्छ। त्यसैले नयाँ वर्षको अवसरमा हामीले पनि केही छुट अवसर ल्याएका हौं। रमाइलो पनि हुन्छ, पैसा पनि धेरै खर्च हुँदैन,’ अध्यक्ष कार्कीले भने।

स्काई क्याफे २५५ मिटर उचाइमा झुन्डिएको विश्वकै अग्लो क्याफे हो। साथै, स्काई साइकलले पनि एडभेन्चरमा नयाँ अनुभव दिनेछ। 

द क्लिफले प्राइभेट भिल्ला, डिलक्स कोटेज र लग्जरी टेन्टमा आरामदायी बसाइको व्यवस्था गरेको छ।
 

प्रकाशित मिति: १५:३५ बजे, मंगलबार, वैशाख १, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्