Kathmandu Press

कांग्रेसले जनविश्वास पुनः मजबुत बनाउन सक्छ : डा. काेइराला

‘एकताबद्ध भएर अघि बढ्न सके कांग्रेसले पुनः जनविश्वासलाई अझ मजबुत बनाउन सक्छ, राष्ट्रिय मेलमिलाप, एकता र सहकार्यको मार्ग पनि यही हो,’ उनले भने।
कांग्रेसले जनविश्वास पुनः मजबुत बनाउन सक्छ : डा. काेइराला

काठमाडौं, वैशाख १ : शेखर कोइराला ले नेपाली कांग्रेसभित्र देखिएको आन्तरिक विवादका बीच एकताबद्ध भएर अघि बढ्न सके पार्टीले पुनः जनविश्वास मजबुत बनाउन सक्ने बताएका छन्।

नयाँ वर्ष २०८३ को अवसरमा शुभकामना सन्देश जारी गर्दै उहाँले पार्टीका मूल्य, सिद्धान्त र आदर्शप्रति प्रतिबद्ध रहँदै एकता कायम गर्नु आजको प्रमुख आवश्यकता भएको उल्लेख गरे।

Hardik ivf

‘एकताबद्ध भएर अघि बढ्न सके कांग्रेसले पुनः जनविश्वासलाई अझ मजबुत बनाउन सक्छ, राष्ट्रिय मेलमिलाप, एकता र सहकार्यको मार्ग पनि यही हो,’ उनले भने।

कोइरालाले लोकतन्त्र स्थापनाका लागि कांग्रेसले गरेको लामो संघर्ष, त्याग र बलिदानको स्मरण गर्दै आज पनि पार्टी राष्ट्रिय राजनीतिको महत्वपूर्ण शक्तिका रूपमा रहेको धारणा व्यक्त गरे।

उनले बदलिँदो समयअनुसार पार्टीले आफूलाई रूपान्तरण गर्दै नयाँ पुस्तालाई समेट्नुपर्ने आवश्यकता औंल्याए।

साथै जनताले परिणाममुखी, पारदर्शी र जवाफदेही नेतृत्व चाहेको उल्लेख गर्दै काम गर्ने, देखिने र अनुभूति हुने सरकारको खाँचो झनै बढेको बताए।

प्रकाशित मिति: १२:०० बजे, मंगलबार, वैशाख १, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्