Kathmandu Press

कस्तो छ आजको मौसम ? 

विभागका अनुसार आज कोशी र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा बादल लागेको छ भने तराईका जिल्लामा मौसम सामान्यतया सफा रहेको छ।
कस्तो छ आजको मौसम ? 
Hardik ivf

काठमाडौं, वैशाख १ : जल तथा मौसम विज्ञान विभागका अनुसार हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभावका कारण मौसममा बदली देखिएको छ।

विभागका अनुसार आज कोशी र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा बादल लागेको छ भने तराईका जिल्लामा मौसम सामान्यतया सफा रहेको छ। यस्तै,दिउँसो कोशी प्रदेशका पहाडी भू–भाग र हिमाली क्षेत्रमा बादल बढ्ने तथा केही स्थानमा मौसम बिग्रने सम्भावना रहेको छ। 

कोशी र गण्डकीका पहाडी क्षेत्रमा एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुन सक्ने अनुमान गरिएको छ। त्यस्तै, हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना समेत रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

प्रकाशित मिति: ०७:१७ बजे, मंगलबार, वैशाख १, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्