Kathmandu Press

ओलीको शल्यक्रिया सफलतापूर्वक सम्पन्न

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा चिकित्सकहरूको टोलीले पूर्वनिर्धारित समयअनुसार ओलीको शल्यक्रिया गरेका हुन्।
ओलीको शल्यक्रिया सफलतापूर्वक सम्पन्न

काठमाडौं, चैत ३० : पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको पित्तथैलीमा देखिएको पत्थरीको शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको छ।

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा चिकित्सकहरूको टोलीले पूर्वनिर्धारित समयअनुसार ओलीको शल्यक्रिया गरेका हुन्।

चिकित्सकहरूका अनुसार ओलीको पित्तथैलीमा करिब २२ एमएम आकारको ढुंगा सफलतापूर्वक निकालिएको छ।

चैत १४ गते भक्तपुरको गुण्डुस्थित निवासबाट पक्राउ परेका ओलीको स्वास्थ्य समस्या देखिएपछि सोही दिन बिहान अस्पताल भर्ना गरिएको थियो।

प्रकाशित मिति: १५:४० बजे, सोमबार, चैत ३०, २०८२