‘मानव बेचबिखन सम्बन्धी राष्ट्रिय प्रतिवेदन सरकारले तत्काल कार्यान्वयन गरोस’
‘मानव ओसारपसार वा बेचबिखन गर्नु अपराध हो। त्यसैले यस किसिमको अपराधलाई कसरी नियन्त्रण गर्न सकिन्छ भन्ने कुरा हामीले भन्ने सरकारलाई नै हो। सिफारिस गरेका कुराहरुको कार्यान्वयन सरकारले नै गर्ने हो। सरकाले जसरी पनि कार्यान्वयन गर्नैपर्छ,’उनले भने।
काठमाडौं, चैत ३० : मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले मानव बेचबिखन सम्बन्धी राष्ट्रिय प्रतिवेदन सरकारले तत्काल कार्यान्वयन गर्नुपर्ने बताएका छन्।
सोमबार काठमाडौंमा आयोजित मानव बेचबिखन सम्बन्धी राष्ट्रिय प्रतिवेदन सार्वजनिक कार्यक्रममा बोल्दै उनले मानव ओसारपसार, बेचबिखन जस्ता अपराधहरु बढिरहेको बताउँदै यसलाई नियन्त्रण गर्न प्रतिवेदन लागू गर्नुपर्ने बताएका हुन्।
‘मानव ओसारपसार वा बेचबिखन गर्नु अपराध हो। त्यसैले यस किसिमको अपराधलाई कसरी नियन्त्रण गर्न सकिन्छ भन्ने कुरा हामीले भन्ने सरकारलाई नै हो। सिफारिस गरेका कुराहरुको कार्यान्वयन सरकारले नै गर्ने हो। सरकाले जसरी पनि कार्यान्वयन गर्नैपर्छ,’उनले भने।
त्यस्तै उनले मानव तस्करमा लागेकाहरुको तरिकाहरु पनि फरक हुँदै गएको बताउँदै विशेषगरी विपन्नता वर्गका मानिस आर्थिक प्रलोभनमा पर्ने गरेको धारणा राखे। सो कारणले विपन्नता वर्गलाई कसरी आर्थिक रुपमा सवल बनाउने सरकारको ध्यान त्यतातिर जान आवश्यक रहेको बताए।
‘मानव तस्करमा लागेकाहको तरिकाहरु पनि फरक भइरहेको छ। प्रलोभन देखाउने ,फकाउने जस्तो भइरहेको छ। विपन्नता वर्गका भएर पनि आर्थिक प्रलोभनमा परेको देखिन्छ। त्यसैले आर्थिक रुपमा सरकारले कसरी सवल बनाउने त्यतातिर पनि ध्यान दिनुपर्छ,’ उनले भने।
अध्यक्ष मगरले ७७ जिल्ला मध्य ७० जिल्ला मानव बेचबिखनबाट पीडित रहेको जानकारी दिए । उनका अनुसार ३५१ जना प्रत्येक वर्ष मानव बेचबिखनमा परिरहेका छन्।