उपसभामुख ठाकुरले गरिन पदभार ग्रहण
उपसभामुख ठाकुरले गरिन पदभार ग्रहण
काठमाडौं, चैत ३० : उपसभामुख रुबीकुमारी ठाकुरले पदभार ग्रहण गरेकी छन्। सोमबार सिंहदरबार स्थित कार्यकक्षमा पुगेर उनले पदभार सम्हालेकी हुन्।
पदभार ग्रहणपश्चात उपसभामुख ठाकुरले सभामुख डोलप्रसाद अर्यालसँग शिष्टाचार भेट गरेकी छन्। सो अवसरमा सभामुख अर्यालले ठाकुरलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिए
चैत २७ गते श्रम संस्कृति पार्टीकी ठाकुर उपसभामुख निर्वाचति भएकी हुन्। उनी रास्वपाको समर्थनमा उपसभामुखमा बनेकी हुन्।
प्रकाशित मिति: १४:०२ बजे, सोमबार, चैत ३०, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार












